साउन ३ देखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन कार्य सुचारु गर्ने

साउन ३ देखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन कार्य सुचारु गर्ने

मेट्रो संवाददाता

१ साउन २०७८ १९:०६

काठमाडाैं, १ साउन २०७८ ।

 निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।

आयोगको आज बसेको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा भएका कारण बन्द रहेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य बन्द रहेकोमा गत असार २८ गतेको सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएकाले आइतबारदेखि मतादाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिएको आयोगले जनाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता