बागमती प्रदेशका १९ उद्यमी महिला पुरस्कृत

बागमती प्रदेशका १९ उद्यमी महिला पुरस्कृत

मेट्रो संवाददाता

३ साउन २०७८ १८:२२

काठमाडाैं, ३ साउन २०७८ ।

बागमती प्रदेशका १९ महिलालाई उद्यमी महिला पुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला उद्यमशीलता, वित्तीय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि पुरस्कार प्रदान गरिएकाे नेपाल खबर अनलाइनले लेखेको छ।

यस्तो कार्यक्रमले महिला उद्यमीको हौसला र उद्यमशीलता बढ्ने पुरस्कृत निशा श्रेष्ठले बताउनुभयो।

ललितपुर महानगरपालिकाबाट उत्कृष्ट महिला उद्यमीका रूपमा बागमती प्रदेशको समाज विकास मन्त्रालयबाट २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल श्रेष्ठ निसु प्रोडक्सन प्रालिकी कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ।

नेपाल इन्डिपेनडेन्ट फिल्मसका संस्थापक अध्यक्ष एवं एल अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सवकी फेस्टिभल डाइरेक्टसमेत रहनु भएकी श्रेष्ठ यस प्रकारको कार्यक्रम नगरपालिका र वडा स्तरमा पनि सञ्चालन गरिनुपर्ने बताउनुहुन्छ।

‘भिडिओ र डिजिटल डिजाइन एवं सम्पादनमा महिलालाई प्रोत्साहनस्वरूप आउने यस्ता परियोजनाले काम गर्न थप मद्दत गरेको छ,’ उहाँ भन्नुहुन्छ, ‘महिलाका विषयमा बहस पैरवी गर्न र सबै किसिमका उद्यम अगाडि बढाउन पनि भिडिओ र डिजिटल डिजाइन एवं सम्पादन क्षेत्रलाई बढावा दिनुपर्छ।

श्रेष्ठले २ लाख पुरस्कार भिडिओ र डिजिटल डिजाइन एवं सम्पादन शीर्षकमा पाउनु भएको हो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता