पालुब ऑगेटारमा कलात्मक पाटी र कुवा निर्माण हुँदै

पालुब ऑगेटारमा कलात्मक पाटी र कुवा निर्माण हुँदै

मेट्रो संवाददाता

४ साउन २०७८ १३:४६

काठमाडाैं, ४ साउन २०७८ ।

कीर्तिपुर नगरपालिका वडा नं. ४ टुसाल, पालुबः, ऑगेटारमा आर्थिक वर्ष २०७७/७८को योजना अन्तरगत विनियोजित बजेटबाट कलात्मक पाटी र कलात्मक कुवा निर्माण कार्य हुँदै छ।

बागमती प्रदेश सरकारबाट संसदीय क्षेत्र विकास आयोजना अन्तरगत मा. पुकार महर्जनले सिफारिस गर्नु भएको बजेट रु. ८ लाख ७५ हजार रकमबाट कलात्मक पाटी निर्माण भएको छ । कीर्तिपुर नगरपालिकासँग भएको सम्झौता बमोजिम पाटीको दक्षिणतर्फको भिरालो जमिनलाई पर्खाल लगाई संरक्षण गर्नेरपाटीकोभुइँतलामा कलात्मक ईंटाले गाह्रो लगाउने कार्य यस वर्षको योजना रहेकोमा सम्पन्न भएको नगर सन्देश बुलेटिनमा छापिएकाे छ।

उपभोक्ता समितिका सचिव नरेशकुमार महर्जनका अनुसार उक्त निर्माणाधीन पाटीलाई पूर्ण रुपमा सम्पन्न गर्न करीव रु.२५ लाख अझै आवश्यक पर्ने र सो बजेटका लागि माननीय पुकार महर्जनले आ.व. २०७८/७९ को कार्यक्रममा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको बताउनु भयो । उक्त पाटीको निर्मित तल्लो तलामा उक्त क्षेत्रको संरक्षण, भजन किर्तन र पूजा आजा लगायत कार्यका लागि प्रयोग गरिने र माथिल्लो तला पाटीको रुपमा प्रयोग गरिने बताउनु भयो । उक्त पाटी स्थानीय समाजसेवी दिवंगत नगीन महर्जन लगायत उक्त क्षेत्रका दिवंगत पूर्वजहरूको स्मृतिमा बनाइएको र निर्माण हुन बाँकी कार्यहरू यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पनि बताउनु भयो । सोही निर्माणाधीन पाटी नजिकै परापूर्वकालदेखिको ऐतिहासिक कुवा जिर्णोद्वार गर्ने कार्य पनि सम्पन्न भएको छ।

राणाकालीन उक्त कुवा पछिल्लो समयमा पालुबबासी अग्रजले पटक पटक जिर्णोद्वार गरी संरक्षण गरिएकोमा आ.व. २०७७/७८ को वडा स्तरिय बजेटबाट उक्त कलात्मक कुवा निर्माण गरी संरक्षण गरि एको छ। निर्मित कुवामा जाने बाटोमा ढुङ्गा छाप्ने र सौन्दर्य पार्क निर्माण गर्ने योजना अनुरुप नगरपालिकामा प्रस्ताव पेश गरेको कुरा आँगेटार कुवा निर्माण उपभोक्ता समितिका अध्यक्ष सानुमाया चौधरीले बताउनुभयो। निर्मित पूर्वाधारले यस क्षेत्रकै ऐतिहासिकता र महत्व दर्शाएको छ।

नगरपालिकाले विगतका वर्षहरूमा विनियोजन गरेको बजेटबाट सार्वजनिक जग्गा संरक्षण गरिएको सो स्थानमा सौन्दर्य पार्क निर्माण गर्ने, देवालयहरू संरक्षण र निर्माण गर्ने, खरिकोबोटमा आकर्षक चौतारा बनाउने लक्ष्य उपभोक्ता समितिको रहेको बताउनु भएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता