मेट्रो संवाददाता
८ साउन २०७८ १९:३८
मेट्राेन्यूज / काठमाडाैं, साउन ८ ।
बागमती प्रदेशभित्रका सवारीसधानकाे नविकरण गर्न अबदेखि लाइन बस्नु नपर्ने भएकाे छ । ब्लुबुक नविकरण आजदेखि अनलाइनबाट गर्न सकिने भएकाे छ ।
बागमती प्रदेश सरकारले शुक्रबारदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको हाे ।
सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएकाे छ ।
अब बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएकाे छ ।
यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने बताइएको छ ।
मन्त्रालयको वेबसाइट र नागरिक एपबाट याे सेवा लिन सकिन्छ । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।
बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी सुरू गरेकाे हाे ।
यसका लागि टेस्टिङको कार्य चलिरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जानकारी दिएको छ । अबको केही दिनमा (आइतबारसम्म) यो सुविधा नागरिक एपमा समेत आउनेछ ।
त्यससँगै टीएमआईएसको वेब पोर्टलमा उपलब्ध सुविधा सोझै नागरिक एपबाटै लिन सकिने बताइएको छ । बागमति प्रदेशबाट सुरु भएको यो सुविधा क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने सरकारी योजना रहेको छ । सम्भवतः अबको चरणमा लुम्बिनी प्रदेशमा यस किसिमको सुविधा सुरु हुनेछ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


