सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन व्यवसायीको आग्रह

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन व्यवसायीको आग्रह

मेट्रो संवाददाता

११ साउन २०७८ १९:२४

मेट्राेन्यूज / काठमाडाैं, साउन ११ ।

प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीहरुवीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा महासङ्घका पदाधिकारीहरूले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यस क्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्वोधन गर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताउनुभयो ।

त्यस क्रममा नेपाली काँग्रेसका सांसद मीन बहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिविद्धता व्यक्त गर्नुभयो । उहाँले सुनचाँदीको कारोबार सम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासङ्घका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराउनुभएको थियो । त्यस क्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासङ्घका अध्यक्ष शाक्यले महासंघका तर्फबाट बधाई दिनुहुँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्षहरू विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता