मेट्रो संवाददाता
१२ साउन २०७८ ७:५३
काठमाडाैं, साउन १२ ।
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ।
रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौमा एक्लै लगानी गर्न लागेको हो। लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गर्नुभयो।
झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौ अगाडि बढाउन लागिएको हो। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ।
माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ। गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो। तामाकोशी पाँचौको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ। कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ। परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गरेको कोषका प्रशासक गौतमको भनाइ छ।
माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पुर्याइनेछ। आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ। माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ। यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ।
माथिल्लो तामाकोशीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ।तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ। आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ। आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन।
माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ। त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ।प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन लागेको प्रशासक गौतमले बताउनुभयो। ‘हामीले समग्रतामा मूल्याङ्कन गर्दा आयोजना नै सबैभन्दा आकर्षक रहेको छ’ उहाँले भन्नुभयो।आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ।
आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ। प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालयमा नै सो आयोजना शुरु गर्ने प्रयास गरेका थिए।पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका थिए।
आयोजनाले स्थानीय प्रभावित एवम् आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने योजना बनाएको छ।‘हामीले एकपछि अर्को आकर्षक परियोजनामा लगानी गरिरहेका छौँ, तीमध्ये तामाकोशी पाँचौँ झनै आकर्षक रहेको छ’, कोषका प्रशासक गौतमले भन्नुभयो, ‘छिट्टै आयोजनाको काम शुरु हुनेमा हामी आशावादी छौँ।’केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि आएको थियो। प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


