मेट्रो संवाददाता
१५ साउन २०७८ १८:३१
काठमाडौं, १५ साउन २०७८ ।
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको बहुप्रतीक्षित एसयुभी स्कोडा कुसाकको बिक्री सुरु गरेको छ । सुरुआती मूल्य ४९ लाख ९० हजार रूपैयाँ कायम गरिएको यो गाडीको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने बताइएको छ । यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ ।
यसमा विश्वमै परिचित टिएसआई प्रविधि छ, जुन पर्फर्मेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मिश्रण रहेको र पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल रहेको कम्पनीको दाबी छ । ग्राहकले यो गाडी ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा खरिद गर्न सक्नेछन् । स्कोडा कुसाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्री–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टू–स्पोट मल्टिफंक्सन स्टेरिङ छ । यसको बुट क्षमता तीन सय ८५ लिटर हो जसलाई पछाडिको सिट फोल्ड गरेर १४ सय पाँच लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुसाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरू क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्री प्रयोग गरिएको छ ।
त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ ।
तीन सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र एक सय ७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने ऊर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यू जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।
कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डर्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टी कोलिजन ब्रेकिङ पनि छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्री प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा छ । बच्चाको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ ।
नेपाली बजारमा कुसाकको एक्टिभ एमटीको ४९ लाख ९० हजार, एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको मूल्य ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार रूपैयाँ रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


