मेट्रो संवाददाता
१७ साउन २०७८ १८:४७
काठमाडौं, १७ साउन २०७८ ।

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा रहेका सबै कार्यालयको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत अधिकारीसँग छलफल गर्नुभएको छ ।
सभामुखको कार्यकक्षमा आयोजित छलफलमा खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गर्नुभयो ।
सभामुखले लामो समयदेखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंकमार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरी विश्वास जित्नुपर्ने बताउनुभयो ।
छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा सञ्चालन भइरहेको, रु दुई खर्ब ५० अर्बभन्दा बढी निक्षेप र रु एक खर्ब ८० अर्बभन्दा बढी लगानी रहेको अग्रणी बैंक भएको जानकारी दिनुभयो ।
उहाँले बैंकिङ सेवाका सबै सेवा बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरका रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंकभन्दा राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


