प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

मेट्रो संवाददाता

१९ साउन २०७८ १६:०२

मकवानपुर, १९ साउन २०७८ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण गरिने हेटौँडा उपमहानगरपालिका–१ स्थित रहेको हेटौँडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा आज उहाँले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अब प्रदेश सरकारले क्रमशः ५०० शय्या थप गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको रु २३ करोड २७ लाखको लागतमा पाँच तल्लाको २०० शय्याको अस्पताल भवन आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जीव बरालले बताउनुभयो ।

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले  प्रदेशका १३ वटै जिल्ला अस्पतालमा प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल हातामा बृहत् अक्सिजन प्लान्ट जडान, पीसीआर मेसिन र भेन्टिलेटरहरु उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा अस्पतालको गुणस्तरीय सेवा अभिवृद्धि गर्न भवन निर्माण गर्नुका साथै पक्की पुल, सडक निर्माण, खानेपानी, विद्युतीकरणका लागि स्थानीय निकायबाट आएका मागअनुसार सरकारले क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता