क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का

मेट्रो संवाददाता

२० साउन २०७८ १९:५२

काठमाडौं, २० साउन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो”,  पारसले भन्नुभयो ।

 उहाँले दुई वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचिरहेको र अहिले त्यही सोचलाई कार्यान्वयन गरेको बताउनुभयो । उहाँले सन्न्यासबारे सोचे तापनि क्रिकेट टोलीलाई सहयोग गर्नुपर्छ भनेर बसेको बताउनुभयो ।

पूर्वकप्तान पारसले कप्तान र खेलाडीका रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टोलीबाट पूरा गरेको बताउनुभयो ।  “क्रिकेटले नै मलाई सबथोक दिएको छ । सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताउँदै केही समयमै क्रिकेट एकेडेमीको शुरुआत गरेर देशभर लैजाने योजना रहेको बताउनुभयो ।

अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । उहाँ त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा सहभागी हुनुभएको थियो ।

सन् २००९ मा कप्तानीको भूमिका निर्वाह गर्नुभएको खड्का सन् २०१९ मा कप्तानी पद छोड्नुभएको थियो । उहाँले विनोद दासको स्थानमा कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी सम्हाल्नुभएको थियो ।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा चिनिनुभएका खड्काले आफ्नै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि हात पार्न सफल भएको थियो । उहाँकै कप्तानीमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । 

त्यसैगरी सन् २०१४ मा बङ्गलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा खड्काकै कप्तानीमा नेपालले प्रतिस्पर्धा गरेको थियो । खड्काले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खल्नुभएको छ ।

दाँयाहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाउनुभयो भने टी–२० मा ७९९ रन बनाउनुभएको थियो । दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल हुनुभएको थियो । खड्काले उत्कृष्ट बलिङसमेत गर्नुभएको थियो । उहाँले १० एकदिवसीय खेलमा नौ विकेट लिनुभएको थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिनुभएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता