मेट्रो संवाददाता
२२ साउन २०७८ १९:३०

जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।
यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।
सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस शहरमा बम विस्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गर्नुभएको थियो । दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोशिमामा परमाणु बम खसालेको थियो ।
यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु बम खसालेको थियो । ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेकोे थियो ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


