ग्रीसको इभियामा भिषण डढेलो, सयौं अग्निनियन्त्रक अझै सक्रिय

ग्रीसको इभियामा भिषण डढेलो, सयौं अग्निनियन्त्रक अझै सक्रिय

मेट्रो संवाददाता

२६ साउन २०७८ २३:०१

AP Photo/Petros Karadjias


इभिया, ग्रीस, २६ साउन । ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ ।

डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् ।

ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका दृश्यहरु निकै भयानक देखिएका छन् । यी दृश्यमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया शहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ताकि त्यस ठाउँबाट डढेलो गाउँतिर फैलन नपाओस् ।

त्यस रुखको नजिकै एउटा विशाल आगोको ज्वाला देखिएको छ ।

डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ । तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए ।

मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताउनुभयो ।

स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताउनुभयो ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।

आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् ।

सोमबार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा माग्नु भएको छ र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताउनु भएको छ ।

राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगत रुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भन्नुभयो ।

ग्रीसका अधिकारीहरुका अनुसार इभियामा झण्डै ६५० जना अग्निनियन्त्रकहरु अहिले आगो निभाउने कार्यमा खटिएका छन् ।

ग्रीसेली अधिकारीहरुले विषम तापमानका निम्ति जलवायू परिवर्तन मुख्य कारक रहेको बताएका छन् । राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तापमान वृद्धिले विगतमा सोचेभन्दा निकै बढी त्रास सिर्जना गरिरहेको जनाएको छ ।

गत साता अथेन्स नजिकै दुई व्यक्तिको मृत्यु भएको थियो । जसमा एक जना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए ।

अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।

देशका धेरै जना मेयरले आगो निभाउन हेलिकप्टरजस्ता साधनको प्रयोगमा हेलचेक्रयाई भएको आरोप लगाएका छन् । विपक्षी दलका नेता अलेक्सिस चिप्रासले ट्वीट गर्दै स्थानीय अधिकारीहरु र नागरिकहरु एक्लो भएको बताउनु भएको छ । उहाँले सरकारले पर्याप्त सहयोग नगरेका कारण वनक्षेत्र तहसनहस भएको बताउनुभयो ।

विपक्षी नेता चिप्रासको भनाईको प्रत्यूत्तर दिँदै प्रधानमन्त्री मिचोटाकिसले हालैमात्र ५८० भन्दा बढी स्थानबाट आगो शुरु भएको बताउनुभयो । ग्रीसमा यति भयानक परिस्थिति कहिल्यै सिर्जना नभएको पनि बताउनुभयो ।

अभूतपूर्व तातो हावा र लामो सुख्खालाई नियन्त्रणमा ल्याउन त्यति सम्भव थिएन, प्रधानमन्त्रीले भन्नुभयो ।

नागरिक सुरक्षा उपमन्त्री निकोस हार्डालियासले आगो निभाउन पानी बोक्ने हेलिकोप्टरहरुले पनि अनेक समस्या झेल्नु परिरहेको बताउनुभयो । उहाँले हावाको तिब्र बेग, बाक्लो धुँवा र सीमित दृश्यताको कमी समेतका समस्या देखिएको बताउनुभयो ।

युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

नागरिक सुरुषा अधिकारीहरुका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १,२०० भन्दा बढी अग्निनियन्त्रकहरु पठाएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता