प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो : पूर्वप्रवक्ता राई

प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो : पूर्वप्रवक्ता राई

मेट्रो संवाददाता

२६ साउन २०७८ २२:४६

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

काठमाडौँ, २६ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिसमक्ष आज बयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको बताउनुभयो ।

एन्फामार्फत नै समाधान गर्नुपर्ने विषयमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालका माध्यमबाट आरोप लगाउने कार्य उचित नभएको उहाँको भनाइ थियो ।

प्रशिक्षक अलमुताइरी अनुशासनको दायराबाट बाहिर गएको राईले आरोप लगाउनुभयो । एन्फामा अनुशासन समिति र अपिल समिति हुँदाहुँदै पनि सामाजिक सञ्जालको प्रयोग गर्नु गलत कार्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको छानबिन समितिले आजदेखि एन्फा पदाधिकारी लगायतसित बयान लिन थालेको छ । वरिष्ठ उपाध्यक्ष नेम्वाङसितको विवादका कारण प्रशिक्षक अलमुताइरीले राजीनामाको घोषणा गर्नुभएको थियो ।

उक्त घटनाको छानबिन गर्न मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फामा निवेदन दिनुभएको थियो । उजुरीपछि एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको हो ।

मन्त्रालयले सो घटनाको छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । राखेपले फुटबल विवाद समाधान गर्न राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले आजदेखि विभिन्न व्यक्तिसित बयान लिन थालेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता