मेट्रो संवाददाता
२७ साउन २०७८ १७:२३
अथेन्स, ग्रीस, २७ साउन । ग्रीसको इभियामा लागेको भीषण डढेलो नियन्त्रण गर्नको लागि सयौँ अग्निनियन्त्रक सङ्घर्ष गरिरहेका छन् ।
ग्रीसको इभिया टापुको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रक दिनरात सक्रियरुपमा लागेका छन् । इभिया टापुमा एक साताभन्दा बढी समयदेखि भइरहेको आगलागीको कारण सयौँ घरबारविहीन बनाएको छ भने अकल्पनीय क्षति भएको छ ।
याे पनि : ग्रीसको इभियामा भिषण डढेलो, सयौं अग्निनियन्त्रक अझै सक्रिय
जङ्गलमा लागेको डढेलो बिस्तारै नियन्त्रणमा आउँदै गरेको इस्टानिया शहरको इभिया टापूका मेयर यियानिस कोन्ट्जियासले राज्यद्वारा सञ्चालन टेलिभिजन ईआरटीलाई बताउनुभएको छ ।
हिजो मात्र घामको उज्यालो देखिएको विशालरुपमा फैलिएको धुवाँले बासिन्दालाई दिक्क बनाएको कोन्ट्जियासले बताउनुभएको छ ।
डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौँ घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौँ मानिस अन्यत्र पलायन भएका छन् ।
गत सोमबार आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा माग्नु भएको छ र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताउनु भएको छ । राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगतरुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भन्नु भएको थियो ।
डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए । अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।
युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।
नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १ हजार २०० भन्दाबढी अग्निनियन्त्रक पठाएका छन् ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


