पूर्व शिक्षामन्त्री कृष्णगोपाल र क्षेत्र नं ८ र ९ का युवाहरूबीच भेटवार्ता

पूर्व शिक्षामन्त्री कृष्णगोपाल र क्षेत्र नं ८ र ९ का युवाहरूबीच भेटवार्ता

मेट्रो संवाददाता

२८ साउन २०७८ १०:३८

काठमाडाैं, २७ साउन । नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ र नेकपा एमाले काठमाडौं क्षेत्र नं ९ का युवाहरुले नेकपा एमालेका केन्द्रिय सदस्य,बागमती प्रदेशका सह-संयाेजक एवं काठमाडौं उपत्यका इन्चार्ज पुर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग बुधबार भेटवार्ता गरेको छ ।

उक्त भेटवार्तामा वर्तमान राजनीति तथा समसामयिक विषयमा छलफल भएको छ ।

काठमाडौं क्षेत्र नं ८को तर्फबाट नेकपा एमाले काठमाडौं महानगर सदस्य लक्ष्मण शाहीले काठमाडौं क्षेत्र नं ८ को युवाहरुको राजनीति गतिविधि बारे जानकारी दिनुका साथै काठमाडौं क्षेत्र नं ९ को तर्फबाट उपत्यका युथफोर्स कमान्डर ओम महर्जनले काठमाडौं क्षेत्र नं ९ का युवाहरुको राजनीति गतिविधि बारे जानकारी दिएको थियोे ।

नेकपा एमालेका केन्द्रिय सदस्य,बागमती प्रदेशका सह-संयाेजक एवं काठमाडौं उपत्यका इन्चार्ज तथा उपत्यकाका युवाहरुको अभिभावक माननीय क.कृष्ण गोपाल श्रेष्ठ ज्युले सबै जानकारी लिए पश्चात् काठमाडौं स्थानीय युवाहरु यसरी राजनीतिमा सक्रिय भएको देख्दा आफू खुशी भएको बताए।

काठमाडौं क्षेत्र नं ८ र ९ का युवाहरुलाई यसरी नै सक्रिय भइ नेकपा एमाले पार्टीलाई मजबुत बनाइ अगाडि बढ्न पनि निर्देशन दिएको छ । संगठनमा केहि समस्या भए आफ्नो निवास सबै कार्यकर्ताहरुका लागि खुल्ला रहेको र आइ समस्या बारे जानकारी दिन पनि अनुरोध गरेको छ ।

अन्तमा काठमाडौं क्षेत्र नं ८,९ को अहिले सम्मको राजनितीक कार्य विवरण बुझाउनुका साथै अब चाडै नै काठमाडौं क्षेत्र नं ७,८,९,१० ले संयुक्त रूपमा आफ्नो कार्य विवरण स्मारिकामा प्रकाशन गर्ने जानकारी दिएको छ ।

भेट्वार्तामा काठमाडौं क्षेत्र नं ८ को तर्फबाट नेकपा एमाले महानगर कमिटी सदस्य लक्ष्मण शाही,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं उपत्यका युथफोर्स कमान्डर निसार उद्दिन,उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गी, उपत्यका युथफोर्स कमान्डर एवं राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका सचिव संजय शाही काठमाडौं क्षेत्र नं ८ को तर्फबाट उपत्यका युथफोर्स कमान्डर राम खड्गी, उपत्यका युथफोर्स कमान्डर ओम महर्जन, राष्ट्रिय युवा संघ कामपा १४ वडा कमिटीका अध्यक्ष सुमन चित्रकार लगायतको उपस्थिति रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता