मेट्रो संवाददाता
४ भदौ २०७८ १२:२२

काठमाडाैं, ४ भदाै । नेकपा एमालेका पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र युवाहरूबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा काठमाठौं क्षेत्र नं. ८ र ९ का युवाहरुले बागमति प्रदेशबाट नेपालको पहिलो महिला मुख्यमन्त्री हुनुभएकोमा शाक्यलाई बधाई तथा शुभकामना दिएका छन् ।
नवनियुक्त मुख्यमन्त्री शाक्यले युवाहरुको जिज्ञासाको जवाफ दिंदै आफु सदैव गणतन्त्र, लोकतन्त्रलाई बलियो बनाउनु पर्छ भन्ने मान्यता रहेकोले कुनै पनि हालतमा जनताको बलिदानले ल्याएको गणतन्त्र, लोकतन्त्रलाई कमजोर बनाउने खेलमा नलाग्ने बताए ।
एकताको पहल गर्दै दुबै शीर्ष नेताको सहमतिमा मुख्यमन्त्रीको पद ग्रहण गरेको उहाँले बताउनुभयो ।

एमालेकाे अर्काे पार्टी दर्ता भएकाे के धारण छ भनी साेधिएकाे जवाफमा मुख्यमन्त्री शाक्यले भन्नुभयो, ‘म सधैं पार्टी टुक््याउनु हुँदैन भन्ने पक्षमा छु र कालान्तरसम्म पनि यसमा मेरो मत अधिक रहन्छ । पार्टीभित्र समस्या छ, समाधान गर्नुपर्छ । पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्छ नकी पार्टी फुटाएर ।’
आफुले पनि पार्टीभित्र विवाद र मतभेदका वावजुद जनताको हितका लागी प्रदेशका नीति तथा नियमहरु पास गरेको सम्झना गर्नुहँदै सबै राजनीतिक दलहरुलाई संविधानको रक्षार्थ मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
‘उहाँले पार्टी एकताको लागि अलि समय धैर्य गर्नुसु भनेर सुझाव दिएका थिएँ तर, नयाँ पार्टी दर्ता गर्न माधवजीले अलि हतार गर्नुभयो, यसमा मेरो बिमति छ’, शाक्यले भन्नुभयो ।
‘समग्र राजनीतिमा समस्या भइरहेको बेलामा मुख्यमन्त्रीको पदको आयुसँग केही मतलब छैन । म जतिदिन यो पदमा बस्छु सकारात्मक सोचले पार्टी एकता र जनताको जीवनस्तर उकास्नमा समय दिनेछु, उहाँले भन्नुभयो ।
आफु नीति र विधिअनुसार चल्ने र कुनै नेतामुखि भएर आफ्नो सिद्धान्तको हत्या नगर्ने बताउँदै सदैव सहि नेतृत्वको साथ दिने बताउनुभयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


