मेट्रो संवाददाता
१३ भदौ २०७८ २२:१५
काठमाडाैं, १३ भदाै । दाेहाेरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले रात्रिकालिन व्यवसाय संचालनकाे निम्ति दबाब स्वरूप आइतबार जिल्ला प्रशासन कार्यालयका समक्ष व्यवसायी संघले ज्ञापन पत्र सहित चाबी बुझाएकाे छ।
लाेकदाेहाेरी, गजल, डान्स्, लन्जबार, क्लब दिस्काे जस्ता रात्रिकालिन व्यवसायमा आबद्ध कर्मचारी, कलाकार तथा श्रमजीवि मजदुरकाे दैनिकी जीवन चलाउन कठिन भएकाे र उनीहरूकाे राेजगारी सुनिश्चितताकाे लागि विभिन्न चरणमा नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन बाेर्ड, सि.सि.एम.सि लगाएत जिल्ला प्रशासनमा पटक पटक ध्यानाकर्षण गराएता पनि सरकारले आज सम्म पनि कुनै चासाे दिएकाे छैन।
दुई वर्षसम्म पनि रात्रिकालिन व्यवसाय संचालन गर्न नपाउँदा घरभाडा, व्यवसाय कर, बैँककाे ऋण, तथा व्यवसायिक घाटाले कठिनाई भाेग्नु परेकाे र आगामी दिनहरूमा पनि याे समस्या भाेग्नु परे जुनसुकै कदम चाल्न बाध्य हुन सक्ने बताउँछन् दाेहाेरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन समितिका संयाेजक विनाेद श्रेष्ठ।
अघिल्ला दिनहरूमा कर्मचारीहरूकाे लागि नुन तेल जाेहाे गरेता पनि अहिले भने आफ्नो सम्पत्ति समेत धरापमा परेकाे बताउँछन् उनी। व्यवसायकाे घरभाँडा, ऋण र व्यवसायीक घाटा र कलाकार तथा कर्मचारीहरूकाे व्यवस्थापनकाे निम्ति सम्बन्धित निकायले उचित निर्णय लिने कुरामा विश्वस्त छन् संयाेजक विनाेद श्रेष्ठ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


