देशभरका मानन्धर युवाहरु संगठित हुँदै

देशभरका मानन्धर युवाहरु संगठित हुँदै

मेट्रो संवाददाता

१० असोज २०७८ १०:००

भक्तपुर, १० असोज १० । काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन गरिएको छ । बनेपाका जुझारु युवा नवराज मानन्धरको नेतृत्वमा सात सदस्यीय समाज गठन गरिएको हो ।

समुदायभित्रको समस्यालाई सम्बोधन गर्दै मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावले समाज गठन गरिएको बताइएको छ ।

समाजमा उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्ष सुदर्शन मानन्धर, सचिव विजय मानन्धर र सदस्यहरुमा विजयलक्ष्मी मानन्धर तथा डा. रोजी मानन्धर छनोट भएका छन् ।

‘पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडि छ । अब बनेपाका सबै मानन्धरहरु एकजुट भएर अगाडि बढ्छ । सबै मानन्धरहरुबीच एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्छ ।’ समाजका अध्यक्ष नवराज मानन्धरले बताए । नवगठित समुहले समग्र मानन्धर समुदाय तथा बनेपाको विकासको लागि पनि काम गर्ने उहाँको भनाइ थियो ।

शनिबार आयोजित भेलामा संस्कृतिका अध्येता ज्ञानकाजी मानन्धर, उद्योग वाणिज्य संघ काभ्रेका निवर्तमान अध्यक्ष प्रकाश मानन्धर लगायतका महानुभावहरुको उपस्थिति थियो । यसअघि भक्तपुरमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय भक्तपुर जिल्ला मानन्धर युवा संघ गठन गरिएको थियो ।

तीन वर्षअघि भक्तपुर नगर, मध्यपुर र दधिकोट पकांडोलका ७ वटा मानन्धर समुदायको बाहुल्य भएको टोलका प्रतिनिधि सम्मिलित गराएर युवा संघ गठन गरिएको थियो । संघले जिल्लाका मानन्धर युवाहरुको क्षमता विकास कार्यक्रम, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रोत्साहन हुनेखालका कार्यक्रम गर्दै आएको छ ।

बनेपामा मानन्धर सेवा समाज गठनको प्रयास सम्बन्धमाः

  • बनेपाका सम्पूर्ण मानन्धर (विशेष गरी युवाहरु) समुदायलाई एकत्रित गर्ने प्रयास गर्ने ।
  • मानन्धर (सायमि)हरुको मौलिक संस्कृति, सभ्यताको पहिचान र संरक्षण गर्ने सामुहिक प्रयासको सुरुवात गर्ने ।
  • कुनै दलिय पृष्ठपोषणको लागि नगरिएको प्रतिबद्धतासहितको अभियान ।

केहि ध्यान दिनुपर्ने विषयवस्तुहरुः

  • मानन्धर समूदायबीचको भिन्न पुस्ता, समुह, दलिय मान्यता, बर्गबीचको एकता, सहभागितालाई निरन्तरता दिने प्रयास ।
  • संस्कृति र सभ्यता जगेर्नाको निम्ति आर्थिक र सामाजिक सन्तुलन कायम गर्ने प्रयास ।
  • निष्पक्ष सहभागितामुलक सामुहिक नेतृत्व विकास गर्ने प्रयास ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता