खुसी खुसी बचतकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न (फाेटाे फिचर)

खुसी खुसी बचतकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न (फाेटाे फिचर)

मेट्रो संवाददाता

२२ असोज २०७८ १५:३२

कीर्तिपुर । खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

च.नं.पा. वडा नं. ८, मातातीर्थ स्थित हाम्रो मार्टमा भएको संस्थाको १३ औं साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेशका सांसद् रमा आले मगरले उद्घाटन गर्नुभएको थियो ।

विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका उप–प्रमुख लिसा नकर्मी र वित्तिय क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा विभिन्न पुरस्कारहरू पनि प्रदान गरिएको थियो ।

क्यासियर पदका सलिना महर्जन र बजार प्रतिनिधिका सुर्मिला महर्जन र चेयरम्यान अवार्डमा विमश थापा यस वर्षको उत्कृष्ट कर्मचारी घाेषित भएका थिए ।

त्यसैगरी संस्थाको समग्र हितका लागि विभिन्न भूमिकाबाट सहयोग प्रदान गर्नुभएकोमा सुमनराज घिमिरेलाई सम्मान गरिएको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८, मातातीर्थमा मुख्य कार्यालय र कीर्तिपुर नगरपालिका वडा नं. ५, छुगांमा सदस्य सेवा केन्द्र सञ्चालन गरी वित्तिय सेवा प्रदान गरिरहेको संस्थाका पुरस्कृत कर्मचारीहरूलाई र सम्मानित व्यक्तिलाई प्रमुख अतिथि सांसद् मगरले नगदका साथै प्रमाण-पत्र र सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।

उद्घाटन सत्रमा संस्थाको अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पारी गरिएको थियो ।

संस्थाको अध्यक्ष वटुकृष्ण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थापक रामप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

तस्बिर : ज्ञानकुमार महर्जन

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता