बालकुमारी सहकारीको  १४ औं साधारण सभा सम्पन्न

बालकुमारी सहकारीको १४ औं साधारण सभा सम्पन्न

मेट्रो संवाददाता

२६ असोज २०७८ ६:४५

कीर्तिपुर । कीर्तिपुर नगरपालिका वडा नं. ९, नगाउँ स्थित बालकुमारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नगाउँ स्थित बालकुमारी ब्याङ्क्वेटमा सम्पन्न सो सभाको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो ।    कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले युवा लक्षित कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । युवाहरूलाई प्रतिफल आउने खालको काममा लगानी गरी प्रोत्साहित गर्नु पर्ने बताउनुभयो । समुदायमा आधारित सहकारी भएकोले सहकारीमा जम्मा भएको पूँजीलाई उद्यमशीलतामा जोड दिनु पर्ने बताउनुभयो ।         

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख खड्काले सहकारीले महिलाहरूलाई पनि समेट्ने खालको उत्पादनमुखी योजना ल्याउने र ती योजनाहरूमा उचित स्थानमा लगानी गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका हल्लाहकार तथा भू.पू अध्यक्ष गंगामान महर्जनले सहकारी क्षेत्रमा नयाँ नयाँ चुनौतीहरूसँगै र अवसर पनि आइरहेकोले नयाँ पुस्तालाई समेट्नु पर्नेमा जोड दिनुभयो ।                     

कार्यक्रममा उद्घाटन सत्र पश्चात भएको बन्द सत्रमा अध्यक्ष सादुराम महर्जन, लेखा समिति संयोजक गौतम महर्जनलागयतले प्रस्तुत गर्नुभएको

प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो भने  संस्थाको प्रगति विवरणका साथै आगामी योजनाहरूका बारेमा पनि प्रष्ट्याइएको थियो । यस

सहकारी संस्थामा हाल १९० जना शेयर सदस्यहरू रहेका छन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता