मेट्रो संवाददाता
२९ असोज २०७८ ६:४३
पछिल्लो समय सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ। डेढ वर्ष अघि २०७६ चैत देखि फैलिएको कोरोना महामारीपछि त मोबाइल फोन झनै महत्वपूर्ण बन्न पुगेको छ। कोभिड सर्ने भन्दै घर बाहिर निस्किन अप्ठ्यारो भएपछि विद्यार्थीका कक्षा समेत प्रायः अनलाइनमै सीमित हुन पुगेका छन्। आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ।
गत आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत वर्षभरिमा आयात हुने करिब करिब सबै मोबाइल बिक्री हुने गरेको बताउनुहुन्छ। ‘वर्षमा ७० लाख हाराहारी मोबाइल फोन बिक्री हुन्छ भन्ने हाम्रो विश्लेषण छ,’ अध्यक्ष बस्नेत भन्नुहुन्छ, ‘वर्षभरिमा खपत हुने मोबाइलको ठूलो हिस्सा दसैं, तिहार लगायतका पर्वमा हुने गरेको छ।’
अध्यक्ष बस्नेतका अनुसार वर्षभरिमा खपत हुने मोबाइलको करिब एक तिहाइ मोबाइल दसैं, तिहार र छठ पर्वको अवसरमा हुने गरेको छ। गत वर्ष साउन र भदौमा मात्रै आयात भएको मोबाइलको तथ्यांकले पनि बस्नेतको भनाइलाई समर्थन गर्छ।भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष दसैं अघि साउन र भदौमा मात्रै ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको मोबाइल विभिन्न देशबाट आयात भएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


