मेट्रो संवाददाता
२ कार्तिक २०७८ १७:१७

कीर्तिपुरको अमूर्त संस्कृति देवी प्याखँ (देवी नाच) यस वर्ष प्रदर्शन भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं. १०, तःननी दाफा खलःद्वारा आयोजित उक्त देवी प्याखँ (देवी नाच) शनिबार सार्वजनिक प्रदर्शन गरिएको हो ।
प्रत्येक वर्षको दशैं/मोहनीको समयमा प्रदर्शन गरिने उक्त नाच अघिल्लो वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।
स्थानीय तःननी टोलमा प्रदर्शन गरिएको देवी प्याखँ कीर्तिपुरको मौलिक देवी प्याखँ हो । यस प्याखँमा इन्द्रायणी, ब्रम्हायणी, भैरव, ख्याः, कवं, पो (दुई जना) र दागिंनीलगायतका पात्रहरू हुने गर्दछ ।
श्रोतको अभावका कारण कीर्तिपुरकै यस मौलिक देवी प्याखँ केही वर्षदेखि रोकिएकोमा यसलाई निरन्तरता दिई संरक्षण गर्ने उद्देश्यका साथ कीर्तिपुर नगरपालिकाले चालु आ.व.मा रु. दश लाखको अक्षय कोषको व्यवस्था गरेको छ ।
यस वर्षको प्याखँ (नाच) आगामी कार्तिक ३ गते अमासी पुन्हि (कोजाग्रत पूर्णिमा)का दिन स्थानीय चिलंच्वमा प्रदर्शन गरिने आयोजक तःननी दाफा खलःले जनाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


