मेट्रो संवाददाता
९ कार्तिक २०७८ १:०८

कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभारमा आर्यअवलोकेश्वर भगवान बुद्धको प्रतिमा स्थापना गरेको छ । पाटनमा बनाइएको उक्त बुद्धको प्रतिमालाई शनिबार चोभारको फोसिगां (थापागाउँ)सम्म ल्याइएको थियो भने त्यहाँबाट विभिन्न बाजागाजासहित नगर परिक्रममा गरेर चोभारको करुणा अध्ययन तथा धर्म साधना केन्द्रमा स्थापना गरेको थियो ।
चोभारबासी बुद्ध महर्जन केही वर्ष पहिले विश्वको शान्तिका अग्रदूत तथा एशियाको ज्योति उपनापले परिचित भगवान बुद्धको शिक्षा प्राप्तिका लागि भारत जानुभएको थियो । सोही क्रममा वहाँले गुरू बन्ने स्तरसम्मको अध्ययन गरी फर्कनुभएको हो । वहाँ र चोभरबासी आनी धनदेवी महर्जनको प्रयासमा र धर्मप्रति आस्था राख्ने भक्तजनहरूको सहयोगबाट चोभारमा करुणा अध्ययन तथा धर्म साधना केन्द्र स्थापना गरेको थियो । सो केन्द्रलाई हाल दिवा ध्यान केन्द्र, बाल विकास केन्द्र र जेष्ठ नागरिक दिवा सेवा केन्द्र लगायत विभिन्न सामाजिक कार्य गर्न प्रयोगमा ल्याइरहेको हो । यसै क्रममा जाम्बाला ह्याण्डीक्राफ्टका प्रोपाइटर विजय महर्जनले यस केन्द्रमा भगवान बुद्धको प्रतिमा राख्न सहयोग गर्नुभएको थियो ।
करीव ४ फिट ८ इन्चको आर्यअवलोकेश्वर बुद्धको प्रतिमा स्थापनामा कीर्तिपुर नगरका उपासक उपासिकाका साथै नगर प्रमुख रमेश महर्जन, वडा नं. ९ का अध्यक्ष गंगाराम महर्जनले पनि शान्ति कामना सहित उपस्थित भई प्रार्थना गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख महर्जनले शान्तिका प्रतिक बुद्धको प्रतिमा स्थापना कार्य सह्राहनिय भएको उल्लेख गर्नुहुँदै कीर्तिपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । गुरु बुद्ध महर्जनले स्वागत गर्नुभएको कार्यक्रममा प्रतिमाका दाता विजय महर्जनले चोभारजस्तो रमणीय स्थानमा बुद्धको प्रतिमा राख्नु राम्रो हुनुका साथै सौभाग्य हुने भएकोले आफू लागिपरेको बताउनुभयो । कार्यक्रम वडा नं. ६ का सदस्य सुनिल डंगोलले सञ्चालन गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


