मेट्रो संवाददाता
९ कार्तिक २०७८ ०:५५

कीर्तिपुर नगरपालिका स्थापनाकालदेखि नै सेवामा समर्पित वरिष्ठ लेखा अधिकृत सानुबाबु परियारले शुक्रबारदेखि अनिवार्य अवकाश लिनुभएको छ ।
नेपाल सरकारको जिम्मेवार कर्मचारीका रुपमा सेवामा ३८ वर्ष बिताउनु भएका परियारले वहाँको सम्मानमा भएको एक बिदाई कार्यक्रममा आफ्ना जागिरे जीवनको अनुभव सुनाउनुहुँदै ३६७ पटक नगरपालिकाको प्रमुखको समेत जिम्मेवारी वहन गर्ने अवसर मिलेको बताउनु भएको थियो ।
उहाँको सम्मानमा यही कार्तिक ५ गते कीर्तिपुर नगरपालिकामा एक बिदाई समारोहको आयोजना गरिएको थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले आगामी दिन अझ सामाजिक सेवाका सक्रिय रहन आग्रह गर्नुहुँदै नगरपालिकामा गर्नुभएको योगदानको कदर गर्नुहुँदै कदर पत्र हस्तान्तर गर्नुका साथै हार्दिक धन्यवाद् दिनुभएको थियो ।
ब.ले.अ. परियार वि.सं. २०४० सालमा सरकारी कर्मचारीको रुपमा सेवामा प्रवेश गर्नुभएको थियो भने वहाँले शुक्रबार उमेर हदबन्दीका कारण अनिवार्य अवकाश लिनु भएको हो ।
त्यसैगरी वि.सं. २०४१ सालमा सेवा प्रवेश गर्नुभएका ना.सु. लक्ष्मीबहादुर महर्जनले गत असोज १५ गतेदेखि स्वेच्छिक अवकाश लिनुभएको थियो भने गत वि.सं. २०७६ भदौ २५ गते काज सरुवाभई आउनु भएका लेखा अधिकृत मित्रप्रसाद घिमिरे पनि यही कार्तिक ३ गतेदेखि सरुवा भएर जान लाग्नु भएकोले वहाँहरूलाई प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले हार्दिक धन्यावाद् दिनुहुँदै मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कीर्तिपुर नगरपालिकाका प्रशासन शाखाप्रमुख जनक थापाले सञ्चालन गर्नुभएको बिदाई तथा सम्मान कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


