हार्माेनियम तथा दाफा गायनको प्रशिक्षण हुने

हार्माेनियम तथा दाफा गायनको प्रशिक्षण हुने

मेट्रो संवाददाता

९ कार्तिक २०७८ १:०२

संस्कृति सम्बद्र्धनमा क्रियाशील रहँदै आइरहेको  कीर्तिपुर नगरपालिकाले  अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धनमा पनि उत्तिकै ध्यान केन्द्रित बनाइरहेको छ ।

यसैक्रममा नगरपालिकाकै आयोजनामा दाफा खलःको लागि हार्माेनियम तथा दाफा गायनको प्रशिक्षण कार्य गर्न लागेको छ ।

दाफा खलःको लागि दिइने यस प्रशिक्षण ३ महिनाको हुने बताइएको छ । नगरपालिकाले नगरभित्रका सबै दाफा खलःलाई पत्राचार गरी यही कार्तिक १५ गते भित्र ईच्छुक प्रशिक्षार्थीको नामावली पठाइदिनु अनुरोध गरेको छ । 

प्रशिक्षार्थीको नामावलीका साथै एक प्रति पासपोर्ट साइजको फोटो पनि संलग्न गरी नगर प्रमुखको सचिवालयमा उपलब्ध गराउनु पत्राचार गरेको हो ।

दाफा संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न हालै प्रत्येक दाफा खलःलाई एक एक वटा हार्माेनियम सहयोग हस्तान्तरण गरिसकेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता