मेट्रो संवाददाता
१६ कार्तिक २०७८ २३:२५
कीर्तिपुर नगरपालिले बजार अनुगमनलाई तीव्र पारेको छ । नेपालीहरूको ठूला चाड दशैं सकिएर तिहार नजिकिंदै गर्दा बजारमा उपभोक्ताहरू नठयाेस् भनी नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकताका साथ निरन्तरता दिएको हो ।
कीर्तिपुर नगरपालिकाको उपभोक्ता हित संरक्षण अनुगमन टोलीका संयोजक प्रकाश लुईंटेलको नेतृत्वमा कार्तिक १४ गते कीर्तिपुरको व्यस्त बजार अमल्सिका विभिन्न पसलहरूमा अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समेत सहभागिता रहेको थियो । विभागका तर्फबाट अनुसन्धान अधिकृतहरू विजयकुमार भट्टराई, उमा श्रेष्ठ र सुनिता पोखरेल खटिनु भएको थियो । कीर्तिपुर बजार व्यवस्थापनका अध्यक्ष बुद्धिमान महर्जन, नेपाल प्रहरी र नगर प्रहरीसमेत सहभागी रहेको थियो ।
विशेषगरी मिठाइ पसलमा गरेको अनुगमनका क्रममा अधिकांश पसलको नवीकरण नगरेकोसाथै उत्पादन गर्ने स्थान (किचेन) पनि सफा नदेखिएको पाइएको थियो । किचेनमा प्रयोग हुने कतिपय खाद्य कच्चा पदार्थ समेत मिति नाघिसकेको भेटिएकोले त्यस्तो सामान प्रयोग नगर्न भनिएको थियो भने पछि पुनःत्यस्तो सामान प्रयोग गरेको भेटिए पसल बन्द गरी आवश्यक कारवाही समेत गर्न सकिने चेतावनी पनि दिइएको थियो ।
पुजा स्वीट्स, लक्ष्मी मिठाई भण्डार, नगाउँ मिठाई बेकरी एण्ड चाट हाउस, नगाउँ डेरी एण्ड बेकरी पसलमा अनुगमन गरेको थियो । पुजा स्वीट्सका सञ्चालकले अनुगमन टोलीलाई असहयोग गरेको (कागज पत्र नदेखाएको) ले नीजलाई तत्कालै रु. ५ हजारको जरीवाना गरेको थियो ।
यसभन्दा अघि असोज २० गते बुधबार पनि कीर्तिपुरको अति व्यस्त बजार अमल्सिका विभिन्न पसलहरूमा अनुगमन गरेको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


