नयाँवर्ष ११४२ काे उपलक्ष्यमा देय् दबूकाे स्वास्थ्य शिविर

नयाँवर्ष ११४२ काे उपलक्ष्यमा देय् दबूकाे स्वास्थ्य शिविर

मेट्रो संवाददाता

१९ कार्तिक २०७८ १८:२६

नेवाः देय् दबूले नेपाल संवत् ११४२ नयाँ वर्षकाे उपलक्ष्यमा बसन्तपुरमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरेकाे छ ।

दबूकाे येँ महानगर समितिकाे अतिरिक्त क्रियाकलाप विभाग र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलकाे सहकार्यमा उक्त शिविर सञ्चालन भएकाे हाे ।

दबूका काठमाडाैं महानगर समिति अध्यक्ष शाेभा महर्जन बज्राचार्यले जानकारी दिए अनुसार १०० जनाभन्दा बढीले आफ्नाे दाँत र स्वास्थ्य परीक्षण भएकाे छ ।

न्हूदँ (नयाँ वर्ष)काे बेला बसन्तपुरमा पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका १२ जना डाक्टर र मेडिकल सहयाेगीकाे टिमबाट स्वास्थ्य परीक्षण र दाँतकाे परीक्षण गर्नुका साथै औषधि तथा दाँत सफा गर्नका लागि टुथब्रससमेत निःशुल्क बितरण गरिएकाे शिविरका संयाेजन नेवाः देय् दबू येँ महानगर समितिका सह-सचिव सुनिल महर्जनले बताउनु भयाे ।

शिविरकाे निरीक्षणकाे क्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारले दबूकाे संगठनमा विभिन्न इकाइ तथा विभाग गठन भएपश्चात दबूकाे गतिविधि पनि बढेकाे बताउनु भयाे । उहाँले अब दबूकाे संगठन जिल्ला, महानगर, वडा हुँदै टाेलसम्म जाने भएकाेले नेवाः देय् दबू वास्तवमा नै नेवारहरूकाे राष्ट्रिय संगठन साथर्ता अब पाउने बताउनु भयाे ।

शिविरमा सहयाेग पुर्याउनु हुने महानुभावहरूलाई दबूका बागमति प्रदेश कमितिका अध्यक्ष उमेश स्थापितले प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे हाे ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता