मेट्रो संवाददाता
२० कार्तिक २०७८ १४:०१

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।
उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गर्नुभयो । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिनुभयो ।
त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिनुभएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


