मेट्रो संवाददाता
२३ कार्तिक २०७८ १२:३५
ग्रिनरी रिजोर्ट एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ४ पुष्पलाल स्मृति प्रतिष्ठानसँगै सञ्चालनमा आएकाे उक्त सुविधा सम्पन्न रिसार्टकाे बागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएकाे छ ।

कोभिडको महामारीबाट आक्रान्त भैरहेको पर्यटन क्षेत्रमा हाल केही सुधार आएसँगै युवा पर्यटन व्यवसायी बद्री बुढाथोकीले सो रिसाेर्टकाे सञ्चालन गर्नुभएको हो ।
उद्घाटन पछि मन्तब्य राख्ने क्रममा मुख्यमन्त्री पाण्डेले कीर्तिपुर जस्तो रमणीय क्षेत्रमा यस रिजोर्ट सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयाे । मुख्यमन्त्री पाण्डेले रिसाेर्टकाे सफलताको शुभकामनाका साथै दिपावली (तिहार) र नेपाल संवत् ११४२ नयाँ वर्षको समेत शुभकामना व्यक्त गर्नुभयो ।
मुख्य मन्त्री पाण्डे बागमती प्रदेशको मुख्य मन्त्रीको सपथलिएसँगै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पणका क्रममा पुष्पलाल प्रतिष्ठान आइपुग्नु भएको हो ।
यस ग्रिनरी भ्यूप्वइन्ट रिजोर्ट एण्ड रेष्टुरेण्टको उद्घाटन तथा शुभ दिपावलीको अवसरमा कार्तिक १६ गते साँझ शुभकामना आदान प्रदान तथा दोहोरी साँझ कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं क्षेत्र नं. १० का संघिय सांसद् माननीय राजेन्द्र कुमार के.सी.(राजन), अतिथिहरू बागमती प्रदेशका सांसद् माननीय पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले रिजोर्ट एण्ड रेष्टुरेण्टको सफलताका साथै नेपाल संवत् ११४२ र शुभ दिपावलीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
विगत १२ वर्षदेखि पर्यटन तथा हाेटल व्यवसायमा आफुलाई समर्पित गर्दै आउनुभएका रिसाेर्टका सञ्चालक बद्री बुढाथाेकीसँग भएकाे कुराकानी प्रस्तुत छ :
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


