मेट्रो संवाददाता
२३ कार्तिक २०७८ ११:४६
कीर्तिपुर नगरपालिकाद्वारा प्रकाशित भित्तेपात्राे विमाेचन गरिएकाे छ । नेपाल संवत् ११४२काे न्हूदँया भिंतुना र्यालीकाे क्रममा यसवर्षकाे भित्तेपात्राे विमाेचन गरिएकाे हाे ।

नेपालको मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन कीर्तिपुरका विभिन्न संघसंस्थाहरूले तीन दशकभन्दा अघिदेखि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको थियो । विश्व माहामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरसले आम नागरिकलाइ त्रसित बनाइरहेकाे बेला कीर्तिपुर नगरपालिकाले विशेष सावधानिका साथ नेपाल संवत्को भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गर्न सफल भएकाे छ ।
११४२ सालकाे तिथि, मिति, दिसव, पर्व इत्यादीलाइ प्रस्टरूपमा उल्लेख गरिएकाे भित्ते पात्राेकाे विमाेचन नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, वडा नं. ६ का सदस्य सुनिल डंगोल, प्रगतिशील युवा समूहका अध्यक्ष केशव महर्जनले सामुहिक रूपमा गर्नुभएकाे थियाे ।
नेपाल सरकारले केन्द्रीय स्तरमै प्रकाशित गर्नु पर्ने आवाज उठिरहेको बेलामा कीर्तिपुर नगरपालिकाले स्थानीय सरकारको दायित्व महसुस गर्दै यस वर्ष देखि नेपाल संवत्को नयाँ भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गरेको नगर प्रमुख महर्जनले बताउनु भयाे । साथै यस प्रकाशनले नेपाल संवत्लाई स्थानीय सरकारले राष्ट्रिय मान्यता दिएको प्रमुख महर्जनले बताउनुभयाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


