दोश्रो कीर्तिपुर नगरपालिका टेबल टेनिस प्रतियोगिता – २०७८ सम्पन्न

दोश्रो कीर्तिपुर नगरपालिका टेबल टेनिस प्रतियोगिता – २०७८ सम्पन्न

मेट्रो संवाददाता

२३ कार्तिक २०७८ १२:५६

कीर्तिपुर नगरपालिका वडा नं. ९ नगाउँस्थित नगाउँ स्पोर्टस् क्लबले आयोजना गरेको दोश्रो कीर्तिपुर नगरपालिका टेबल टेनिस प्रतियोगिता–२०७८ सम्पन्न भएको छ । यही कार्तिक १५ गतेदेखि १८ गतेसम्म बाघभैरव ब्याङ्क्वेटमा भएको उक्त प्रतियोगितामा विभिन्न ६ विधा रहेका थिए । जसमध्ये ५० वर्षभन्दा माथिको भेट्रान खुलामा राजेन्द्र वज्राचार्य प्रथम भएका थिए भने प्रकाश धाख्वा द्वितीय र कपुर शर्मा र राजन सुब्बा तृतीय भएका थिए । ४० वर्षभन्दा माथिको भेट्रान खुलामा जयराम महर्जन प्रथम, राजन सुब्बा द्वितीय र निकेश प्रसाद जोशी र निकेनमान प्रधान तृतीय भएका थिए । त्यसैगरी अन्तर वडा ४० वर्षभन्दा माथिको भेट्रानमा जयराम महर्जन प्रथम, सुधिर महर्जन द्वितीय र सन्त महर्जन र रविन्द्र महर्जन तृतीय भएका थिए । मेन्स सिङ्गल इभेन्टमा जयराम महर्जन प्रथम, प्रशान्त महर्जन द्वितीय र डिलोन श्रेष्ठ र सुधिर महर्जन तृतीय भएका थिए । अण्डर १४ जुनियरमा सफल महर्जन प्रथम, सुरसा महर्जन द्वितीय र विभुती महर्जन र मिचुली महर्जन तृतीय भएका थिए । त्यसैगरी मेन्स टिम इभेन्ट अन्तर्गत वडा नं. ३ प्रथम भएको थियो । जसमा देवरत्न महर्जन, मुकेश महर्जन र सिकेस महर्जन सम्मिलित थिए । वडा नं. १ द्वितीय भएको थियो । जसमा डिलोन महर्जन, सरोज महर्जन र जेनिश महर्जन सम्मिलित थिए । वडा नं. ९ “बि” र वडा नं. ९ “ए” तृतीय भएको थियो । वडा नं. ९ “बि” मा उदीप महर्जन, कुशल महर्जन र गंगाबहादुर महर्जन सम्मिलत थिए भने वडा नं. ९“ए” मा  प्रशान्त महर्जन, सुधिर महर्जन र मन्देश महर्जन सम्मिलित थिए । विजयी खेलाडीहरूलाई कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्कालगायत वडा अध्यक्षहरूले प्रमाण पत्र, ट्रफिका साथै नगद पुरस्कार प्रदान गर्नुभएको थियो । नेपाल संवत् ११४२ तथा शुभ दिपावलीको उपलक्ष्यमा आयोजित यस प्रतियोगितलाई कीर्तिपुर नगरपालिका वडा नं. ९ को समन्वयमा सम्पन्न भएको हो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता