जिवनराम श्रेष्ठ मेरिट अवार्डबाट सम्मानित

जिवनराम श्रेष्ठ मेरिट अवार्डबाट सम्मानित

मेट्रो संवाददाता

५ मंसिर २०७८ १५:११

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) मेरिट अवार्ड’ बाट सम्मानित भएका छन् ।

दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा अध्यक्ष श्रेष्ठ ‘मेरिट अवार्ड’ बाट सम्मानित भएका हुन् । अध्यक्ष श्रेष्ठ सहित नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबार दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा सहभागी छन् ।

अध्यक्ष श्रेष्ठलाई युएईका यूवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रन्धिर सिंहले उक्त अवार्डबाट सम्मानित गरेको महासचिव श्रेष्ठले यूएईबाट पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण भइरहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताए ।

त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठद्वय सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता