अपाङ्गता दिवसमा विभिन्न सामग्री र उपकरणहरू हस्तान्तरण

अपाङ्गता दिवसमा विभिन्न सामग्री र उपकरणहरू हस्तान्तरण

मेट्रो संवाददाता

२१ मंसिर २०७८ ११:३०

प्रत्येक वर्ष झैं यस वर्ष पनि  गत शुक्रबार डिसेम्बर ३ का दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कीर्तिपुरमा पनि एक कार्यक्रम गरी मनाएको छ । कीतिपुर नगरपालिकाद्वारा आयोजित ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नगरका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायता सामग्री तथा उपकरणहरू हस्तान्तरण गरिएको थियो ।     

कृष्ण क्याटरिङमा भएको उक्त कार्यक्रमको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख तथा अपाङ्गता समन्वय समितिका संयोजक सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै उप–प्रमुख खड्काले कोभिडका कारण जनजीवन सोचेजस्तो नभई निक्कै अप्ठ्यारो परिस्थित श्रृजना भए तापनि न्यायोचित ढङ्गले कीर्तिपुर नगरपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरेको उल्लेख गर्नुभयो । कीर्तिपुर नगरपालिकाले गर्ने हरेक काम पनि अपाङ्गता मैत्री भएको बताउँनु हुँदै नगरपालिकाको नयाँ बनेको भवन पनि अपाङ्गता मैत्री भएको बताउनुभयो ।          

कार्यक्रममा उप–प्रमुख खड्का,  प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लेखा शाखा प्रमुख प्रविणजंगशाहीलगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चियर, यूस्टिक, हियरिङ्ग मेशिन र उक्त मेशिनमा राख्ने ब्याट्री, कमोड चियर, सेतो छडि आदि निःशुल्क हस्तान्तरण गर्नुभएको थियो ।        

अपाङ्गता समन्वय समिति कीर्तिपुरका सदस्य तथा वडा नं. १० का सदस्य संगीता उप्रेती श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटा, डा.गोविन्द आचार्य, लक्ष्मी काफ्लेले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो भने प्रशासन  शाखा प्रमुख वरिष्ट अधिकृत जनक थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।      

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता