मेट्रो संवाददाता
२३ मंसिर २०७८ १०:००

कीर्तिपुर नगरपालिकाले ६ नं. वडामा सञ्चालित विभिन्न याेजनाहरूकाे पहिलाे किस्ता सम्बन्धित क्षेत्रमै चेक हस्तान्तरण भएकाे छ । नगर प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काको उपस्थितिमा २२ गते बुधबार वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जनले कटुवाल वस्तिमा निर्माण गर्न लागेको चोभार खोप केन्द्रको लागि पहिलो किस्ता रू. १ लाख ३२ हजारको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।
कीर्तिपुर नगरपालिकाले केही समय अघिदेखि कुनै पनि योजनको पहिलो किस्ता सम्बन्धित क्षेत्रमै गएर हस्तान्तरण गर्दैआइरहेको हाे । उपभोक्ता समितिहरूलाई सजिलोको लागि र योजना समयमै सम्पन्न गर्ने थप दायित्व बोध गराउने उद्देश्यले कीर्तिपुर नगरपालिकाले सम्बन्धित क्षेत्रमै गएर पहिलो किस्ताको चेक हस्तान्तरण गर्ने कार्यको थालनी गरेको हो ।
त्यसै गरी महत गाउँ मोटर बाटो निर्माण योजनाको पहिलो किस्ता रू. १ लाखको चेक पनि सम्बन्धित स्थानमै हस्तान्तरण गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष श्याम महर्जनलाई सो चेक वडा अध्यक्ष महर्जनले हस्तान्तरण गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


