मेट्रो संवाददाता
२६ मंसिर २०७८ १७:०१

नेवारको मौलिक बाजा दाफा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न दाफा खलःहरूलाई हार्माेनियम वितरण गरेको छ ।
गत भदौ २४ गते विभिन्न १९ वटा दाफा खलःहरू हार्माेनियम वितरण गरेको थियो भने बाँकि दाफा खलःहरूलाई आज वितरण गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा नं. २ भवन, देवढोकामा भएको एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायत वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. १० का अध्यक्ष अमन महर्जनले हार्माेनियम वितरण गर्नुभएको हो ।
‘नगरका विभिन्न टाेलमा बजाउँदै आइरहेकाे दाफा भजनमा अझ सुर ताल मिल्ने गरी राम्राेसँग दाफा बजाउनकाे निम्ति हार्माेनियम बितरण भएकाे हाे ।’ कार्यक्रमलाइ सम्बाेधन गर्नेक्रममा नगर प्रमुख महर्जनले भन्नुभयाे, ‘नेवाः संस्कृति दाफा भजन बचाइराख्न हार्माेनियम वितरण भएकाे बताउनुभयाे ।’
कार्यक्रममा नगरका उपप्रमुख सरस्वती खड्का, प्रशासकीय प्रमुख कृष्णप्रसाद सापकाेटा र वडा नं. २ का अध्यक्षा रमेशमान डंगाेललगायतले आ-आफ्नाे मन्तब्य राख्नुभएकाे थियाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


