दाेस्राे बागमति प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे हुने

दाेस्राे बागमति प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे हुने

मेट्रो संवाददाता

२९ मंसिर २०७८ १८:२५

जैशिदेवल युथ क्लबकाे आयाेजनामा पुष ३ देखि ५ गते सम्म दाेस्राे प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे प्रतियाेगिता २०७८ हुने भएकाे छ ।

महिला हिंसा र युवा दुर्व्यसनीकाे विरूद्धमा युवापिढीलाइ खेलकूदमा संलग्न गराउने उद्देश्यले शनिबारदेखि काठमाडाैंकाे दशरथ रंगशाला कभर्ड हलमा प्रतियाेगिता हुने भएकाे छ । याे प्रतियाेगिताले युवा पिढीलाइ राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियाेगिताकाे लागि सिढिकाे रूपमा मद्दत हुने आयाेजक क्बलले जनाएकाे छ ।

बागमति प्रदेशका भित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी १८ वटा टीम र आयाेजककाे २ टीम गरी जम्मा २० वटा टीमले यस प्रतियाेगितामा भाग लिने आज आयाेजित प्रत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश प्रजापतिले बताउनुभयाे । प्रत्येक टिमबाट २०-२० खेलाडी रहेने गरी प्रतियाेगितामा कूल ४ सय खेलाडी सहभागही हुनेछन् ।

सम्पूर्ण खेलाडीलाइ ब्रेकफास्ट र लञ्च, खेलाडी र प्रशिक्षकहरूलाइ टिसर्ट र सम्पूर्ण निर्णायक तथा कार्यक्रमका अतिथिहरूलाइ ज्याकेटकाे समेत व्यवस्था हुने उक्त प्रतियाेगिताकाे कुल पुरस्कार राशि २ लाख ४ हजार रूपियाँ रहेकाे छ ।

यस प्रतियाेगिताकाे प्रमुख प्रायाेजक काठमाडाैं महानगरपालिका रहेकाे छ । काठमाडाैं महानगरपालिकाबाट प्राप्त ४ लाख र अन्य निकायबाट प्राप्त भएकाे ८ लाख गरी कूल १२ लाख रकम संकलन भएकाे जानकारी प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

प्रतियाेगितामा बेस्ट फाइटर पुरूष र महिला गरी १५०-१५० अमेरिकी डलर, पुम्से पुरूष तथा महिला, रेफ्री पुरूष तथा महिला र काेचलाइ १०० अमेरिकी डलरका दरले नगद पुरस्कार रहेकाे छ ।

२० गाेल्ड, २० सिल्भर र ४० ब्राेन्जकाे लागि हुने प्रतियाेगिता ८ प्रकारका ताैल समूहका पुरूष र महिला खेलाडीले भाग लिने भएका छन् । गाेल्ड मेडलिस्टकाे हकमा २ हजार रूपियाँ, सिल्भर मेडलिस्टलाइ १ हजार ५ सय रूपियाँ र ब्राेन्ज मेडलिस्ट १ हजार रूपियाँ नगद पुरस्कारकाे घाेषणा भएकाे छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता