मेट्रो संवाददाता
५ पुष २०७८ १७:३७
काठमाडौं महानगरपालिकाले ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै दोश्रो बागमती स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो ।
प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोश्रो भयो । तेश्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्य हात पार्यो ।
प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए । पेयरमा उत्कृष्ट भएका बाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गरे । उत्कृष्टको सबै पुरस्कार सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गरेका हुन् । त्यस्तै २० वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारका लागि नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले सहयोग गरेका हुन् ।
दुईदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जनाएका छन् ।
‘नेपाल र नेपालीकाे नाम विश्वजगतमा खेलमाध्यमबाट चिनाउने आशा राखेकाे छु । हार नै जीतकाे खुड्किला हाे । संघर्ष नै जीवन हाे, जीवन नै संघर्ष हाे । जीवनकाे यात्रामा र खेलकाे मैदानमा बिना संघर्ष कहि हाँसिल हुन्दैन ।’ पदक वितरणपश्चातकाे मन्तब्य राख्नेक्रममा कामपा प्रमुख शाक्यले भने, ‘खेलमा जीत एक जनाकाे मात्र हुन्छ, खेलमा जित्न नसक्नेले प्रयास र मिहेनत जारी राख्नुपर्छ ।’
खेलपश्चातकाे औपचारिक कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर माेहन बहादुर बस्नेत, काठमाडाैं महानगरपालिकाकी उप-मेयर हरीप्रभा खड्गी श्रेष्ठ, नेपाल तेक्वान्डाे संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले आ-आफ्नाे मन्तब्य प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा अध्यक्ष प्रजापतिले कामपा मेयर शाक्य, उप-मेयर श्रेष्ठ र नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाइ सम्मान पत्र र मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।
पुरूष ४२-४६ केजी समूह
पहिलाे – किरण तामाङ, पनाैती नगरपालिका
दाेस्राे – स्नीकार रजक, काठमाडाैं महानगरपालिका
तेस्राे – कर्ण लामा, नागार्जुन नगरपालिका
तस्राे – राजेश कार्की, भक्तपुर नगरपालिका
पुरूष ४६-५० केजी समूह
पहिलाे – निरज ठकुरी, आयाेजक (ए)
दाेस्राे – सागर घिमिरे, ललितपुर महानगरपालिका
तेस्राे – कर्ण लामा, नागार्जुन नगरपालिका
तस्राे – राजेश कार्की, भक्तपुर नगरपालिका
महिला २९-३१ केजी समूह
पहिलाे – श्रृष्टी लामा, ललितपुर महानगरपालिका
दाेस्राे – रितिका दर्नाल, काठमाडाैं महानगरपालिका
तेस्राे – समन्ता खड्का, कागेश्वरी नगरपालिका
तस्राे – ज्ञानु दिपकार, आयाेजक टिम (ए)
महिला ३२-३५ केजी समूह
पहिलाे – राेजीना तामाङ, पनाैती नगरपालिका
दाेस्राे – झरणा थापा मगर, आयाेजक टिम (ए)
तेस्राे – श्रृमीका थापा, मध्यपुर नगरपालिका
तस्राे – दिपा विक, कागेश्वरी नगरपालिका
पुरूष ३८-४२ केजी समूह
पहिलाे – कैलाश थापा, पनाैती नगरपालिका
दाेस्राे – अनिश तामाङ, भक्तपुर नगरपालिका
तेस्राे – समुन्द्र परियार, आयाेजक टिम (बी)
तस्राे – संदीप राइ, आयाेजक टिम (ए)
महिला २६-२९ केजी समूह
पहिलाे – आस्मा गुरूङ, काठमाडाैं महानगरपालिका
दाेस्राे – जमुना मगर, तारकेश्वर नगरपालिका
तेस्राे – माेनालिसा धामी, मध्यपुर नगरपालिका
तस्राे – भवानी बुढाथाेकी, पनाैती नगरपालिका
महिला ४२-४६ केजी समूह
पहिलाे – अनुज्ञा सापकाेटा, कागेश्वरी नगरपालिका
दाेस्राे – दिया रजक, काठमाडाैं महानगरपालिका
तेस्राे – प्रतिमा खत्री, महालक्ष्मी नगरपालिका
तस्राे – पुर्णिमा राई, ललितपुर महानगरपालिका
महिला ४६-५० केजी समूह
पहिलाे – राेसल्यान ओझा, गाेदावरी नगरपालिका
दाेस्राे – सुमिना खड्गी, काठमाडाैं महानगरपालिका
तेस्राे – प्रकृति थापा, पनाैती नगरपालिका
तस्राे – कविता माेक्तान, ललितपुर महानगरपालिका
महिला ३५-३८ केजी समूह
पहिलाे – पुनम खत्री, काठमाडाैं महानगरपालिका
दाेस्राे – जेनिफर दुवाल, भक्तपुर नगरपालिका
तेस्राे – निलिशा तमाङ, नागार्जुन नगरपालिका
तस्राे – प्रगती कुइँकेल, कागेश्वरी नगरपालिका
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


