मेट्रो संवाददाता
६ पुष २०७८ ९:३६

कीर्तिपुर नगरपालिका नगर शिक्षा समिति र हलिं नेवाः गुथि, वनस्पति अनुसन्धान कचाः किपूको संयुक्त आयोजनामा शनिबार शिक्षकहरूलाई एक दिने लेख रचना लेखन तालिम सम्पन्न भएको छ ।
कीर्तिपुर नगरपालिका छुगां स्थित राराहिल मेमोरियल स्कुलको सभाकक्षमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले गमलामा बोधिचित्तको विरुवा रोपेर तालिमको उद्घाटन गर्नुभएको थियो ।
नगरमा सञ्चालित विद्यालयहरूका माध्यमिक तहका शिक्षकहरू तथा सोही समयमा अर्काे कक्षामा नगरपालिकाभरी स्थानीय पाठ््यक्रम अध्यापनरत शिक्षकहरूलाई नेपालभाषामा लेख रचना लेखन सम्बन्धी विशेष तालिम दिइएको थियो ।
कार्यक्रममा विशेष अतिथि उप–प्रमुख खड्काले यस तालिमबाट शिक्षकहरूको लेखन क्षमता बढाउन मद्दत पुग्ने र लेखनमार्फत शिक्षा क्षेत्रका सूचना, जानकारी, अनुभव, शिक्षण विधि, पद्धति एक आपसमा साटासाट भई गुणस्तरीय शिक्षणमा सहयोग पुग्नुका साथै आफ्नोसमेत वृत्ति विकास हुने बताउनुभयो ।
प्रमुख अतिथि नगर प्रमुख महर्जनले देश उँभो लाग्न रोकेको भ्रष्टाचार विरुद्ध प्रत्येक बालबालिका सचेत बनाउँदै बालबालिकामार्फत अभिभावकसम्म पु¥याउन शिक्षकहरूले बोलेर, लेखेर भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

बरिष्ठ लेखक राजेन्द्र महर्जन तथा लोककवि राजभाइ जःकमी श्रोत व्यक्तिका रुपमा उपस्थित भएको उक्त तालिममा नगर शिक्षा समिति कीर्तिपुरका सदस्य एवं वनस्पति अनुसन्धान कचाः किपूका अध्यक्ष प्रा.डा. धर्मराज डंगोलले यस प्रकारको तालिमले शिक्षकलाई थप जिज्ञासु, जिम्मेवार र वृत्ति विकास गराउने भएकोले आगामी दिनमा अन्य तहका शिक्षकहरूलाई समेत यस प्रकारको तालिम श्रृङ्खलाबद्ध रुपमा सञ्चालन गर्ने नीति रहेको कुरा बताउनु भयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


