मेट्रो संवाददाता
१४ पुष २०७८ १६:४३
एनओसीकोे १२ औं साधारण सभा सम्पन्न

नेपाल ओलम्पिक कमिटीको १२ औं साधारण सभा मंगलबार सातदोबाटो स्थिति ओलम्पिक भवनमा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउनु हुँदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्नु हुँदै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताउनु नयो ।
उहाँले भन्नु भयो, ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न ।’ उद्घाटन सत्रमा स्वागत भाषण गर्नु हुँदै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्यौलता छाएको बताउनु हुँदै त्यसको समाधान चाँडै भन्दा चाँडै आवश्यक रहेको बताउनु भयो । यस्तै उहाँले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार राशि चाँडै उपलब्ध गराउनु पनि अनुरोध गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘अहिले नेपाली खेलकुद अन्यौलग्रस्त रहे पनि मन्त्रालय अन्तर्गत कमिटी बनाएर आसन्न राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारी सुरु गर्नु पर्छ ।’ त्यस्तै नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले लामो प्रयासपछि ओलम्पिक आन्दोलन ठीक दिशामा पुगेकोमा खुसी व्यक्त गर्नु भयो ।
त्यस अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकासित पुस्तकको पनि विमोचन गरिएको थियो । साधारण सभाको बन्द सत्रमा साधारण सभाले कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सन् २०२१ को प्रगति विवरण पेस गर्नु हुँदै सन् २०२२ का लागि कार्यक्रम पनि प्रस्तुत गर्नु भयो । यस्तै कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७/०७८ को आयव्यय विवरण पेस गर्नु भयो ।
उहाँले सन् २०२२ का लागि अनुमानित बजेट पनि प्रस्तुत गर्नु भयो । साधारण सभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ । त्यसै अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गर्नु भयो । कार्यक्रममा कमिटीका सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट नेपाल ओलम्पिक कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्डबारे जानकारी दिनु भयो ।

कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ । यस्तै ओलम्पिक आन्दोलनमा टेवा पुर्याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटी आउने दिनमा अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुने बताउनु हुँदा खेल संघलाई पनि त्यसै अनुसार आफूलाई विकास गर्न अनुरोध गर्नु भयो ।

यस्तै अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशन अनुसार अबका दिनमा खेल संघ तीन महत्त्वपूर्ण पक्ष लैगिक समानता, खेलकुदमा हिंसा र खेलमिलोमतोमा सजग तथा सचेत रहनु पर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाली खेलकुदमा हामी आफैले महिला सहभागिताको संख्या बढाउनु छ । यस्तै खेलकुदमा हुने हिंसा, विशेषत: यौन उत्पीडन तथा सम्भावित खेल मिलोमतोविरुद्ध हामी चनाखो हुनु पर्छ ।’
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


