मेट्रो संवाददाता
२७ पुष २०७८ १०:१४

अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रतिपादित व्रेल लिपिका आविष्कारक लुइस व्रेलको २१३ औं जयन्ति तथा व्रेल दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी शिक्षामा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया तथा दृष्टिविहिनहरूका लागि श्रव्य पुस्तक
वितरण कार्यक्रम सम्पन्न भयो ।
कीर्तिपुर नगरपालिकाको सहयोगमा श्रव्य पुस्तकालय तथा श्रोत केन्द्र नेपालले यही पुस २० गते (जनवरी ४ तारिक) मंगलबारका दिन आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन तथा उप–प्रमुख सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले यस कीर्तिपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो । यसरी नगरपालिकाले सीप विकासका कामहरू गराइरहँदा पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरू सडकमा बसेर गीत गाइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँनु हुँदै यसलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उप–प्रमुख खड्काले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र शिक्षा
दिइरहेको बताउनु हुँदै यसलाई नगरपालिकाको अङ्गको रुपमा लिएको बताउनुभयो । प्रा. गोविन्द आचार्यले कीर्तिपुर नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिका लागि बजारमा नभएको पुस्तकको अडियो बनाएर वितरण गरेको र यसका लागि कीर्तिपुर नगरपालिकालाई धन्यावाद् दिनुभयो ।
शहीद स्मारक कलेजमा भएको कार्यक्रममा स्वागत गर्नुहुँदै आयोजक संस्थाका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले अपाङ्गता भएका व्यक्तिका लागि महŒवपूर्ण व्यक्ति जङ्गबहादुर बोगटीलाई सम्झनु पर्ने बताउनु भयो । आयोजक संस्थाका अध्यक्ष रमेश बाबु तिवारीले समावेशी शिक्षामा स्थानीय सरकारको भूमिका विषयक एक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


