ताेरीकाे तेललाई ब्राण्ड बनाइने

ताेरीकाे तेललाई ब्राण्ड बनाइने

मेट्रो संवाददाता

३ माघ २०७८ ९:१२

केके मानन्धर

भक्तपुरका मानन्धर समुदायले लाेप हुने स्थितिमा पुगेकाे स्थानिय उत्पादन ताेरीकाे तेललाई ब्राण्ड बनाउनकाे लागि छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेकाे परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।

भक्तपुर जिल्ला मानन्धर युवा संघकाे अगुवाइमा सम्पन्न गरेकाे प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टाेलमा बसाेबास गर्दै अाएका मानन्धरहरू सहभागी थिए ।

‘लाेप हुने तरखरमा रहेकाे मानन्धर समुदायको पुर्ख्याैली पेशाकाे रूपमा रहेकाे ताेरीकाे तेल उत्पादन गर्ने घरेलु उद्याेगलाई अब सामुहिक लगानीमा कम्पनीकाे रूपमा विकास गर्छाैं ।’ भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए । साना उद्याेगकाे रूपमा रहेकाे ताेरीकाे तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थकाे अभाव, माैलिक उत्पादनकाे गुणस्तर सम्बन्धिकाे गुणदाेष बुझाउन नसकेर अाधुनिक बजारबाट लाेप हुँदै गएकाे उहाँकाे दाबी छ ।

भक्तपुरको गाेमारी टाेलमा सम्पन्न कार्यक्रममा पुर्ख्याैली पेशा अँगाल्दै अाएका साःकाेलान टाेल, टेखाच्व, तःपालाछि, गाेमारी तथा मध्यपुरकाे चाेडे टाेलका व्यवसायीहरू सहभागी थिए । दाेस्राे चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै अाएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ ।

हुनपनि भक्तपुरमा स्थानिय उत्पादनलाई ब्राण्ड बनाउनकाे लागि अरू संघसंस्थाहरूले पनि प्रयास गरिरहेका छन् । भक्तपुरको जुजु धाै, कालाे टाेपी, ह्याण्डीक्राफ्ट, लाेकल रक्सी, चिउरा, चाकु लगायतका स्थानिय उत्पादनलाई करकाे दायरमा ल्याएर वैध बनाउँदै लानुपर्ने देखिन्छ । सरकारी नीति तथा प्राेत्साहन अभावले करिव उस्तै उत्पादनहरू विदेशबाट अायात गरि उपभाेग गर्दा नेपाली मुद्रा विदेशिएका छन् । जुन राष्ट्रहितमा छैन । अब त्यस्ता उत्पादनलाई वैध बनाएर उद्याेगको रूपकाे विकास गर्नसके राेजगारी सिर्जना गरी स्थानिय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लाेप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने याेजना बनाएकाे छ । त्यसैले पुर्ख्याैली पेशाकाे रूपमा रहेकाे ताेरीकाे तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनकाे लागि संघले अध्ययन समिति बनाएको छ । समितिले सराेकारवाला पक्षलाई सहभागी गराएर कार्यक्रम सम्पन्न गरेकाे हाे ।

ताेरीकाे तेल उत्पादन सम्बन्धि अध्ययन समिति:

१) न्हुछेरत्न मानन्धर, संयाेजक
२) बाबुकाजी मानन्धर, सदस्य
३) रामबहादुर मानन्धर, सदस्य
४) ज्ञानेन्द्र मानन्धर, सदस्य
५) उमेश मानन्धर, सदस्य
६) अानन्द मानन्धर, सदस्य
७) राजेश मानन्धर, सदस्य

कार्यक्रममा सहभागी भएका पुर्ख्याैली पेशा अंगालेका व्यवसायीहरू:

१) साःकाेलान टाेलबाट अाशाकाजी, हिराकाजी, देव, शम्सेर, राजु
२) गाेमारी टाेलबाट रामबहादुर, राजेश, गणेश बहादुर, रामसुन्दर
३) तःपालाछि टाेलबाट प्रकाश, अाशाकाजी
४) टेखाच्व टाेलबाट लक्ष्मी
५) चाेडे टाेलबाट रत्नकाजी

कार्यक्रममा सहभागी भक्तपुर जिल्ला मानन्धर युवा संघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू:

बर्तराम, राजकुमार, राजेश, रमेश मानन्धर लगायत ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता