मेट्रो संवाददाता
४ माघ २०७८ १५:१०

ऐतिहासिक ठाउँ, संरचना र बस्तुको संरक्षणबाट काठमाडौँको इतिहास जीवन्त रहन्छ — मेयर शाक्य
काठमाडौँ महानगरपालिका २५ वडामा अवस्थित धार्मिक स्थल श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको हारतिमाताकाे द्यःछेँ (देवता घर) काे पुनर्निर्माण हुने भएकाे छ।
काठमाडाैं महानगरपालिकाकाे १ कराेड र थप ५ प्रतिशत उपभाेक्ता समितिकाे लगानीमा पुनर्निर्माण हुने उक्त द्यःछेँकाे मंगलबार काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिमित संख्यामा उपस्थित स्थानीय र अतिथिहरूका बीचमा शिलान्यास गर्नुभयाे ।
सम्पदा संरक्षणकाे प्राथमिक नीतिअनुरूप पुनर्निर्माण हुन लागेकाे उक्त ऐतिहासिक द्यःछेँकाे शिलान्यासपछि आफ्नाे मन्तब्य राख्नेक्रममा मेयर शाक्यले काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताउनुभयो ।
‘काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो । यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ । त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ । ’ हारती माता देवघर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ ।’
समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब ३ सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो ।
शिलान्यास अवसरमा वडा २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


