मेट्रो संवाददाता
८ माघ २०७८ १७:२२

काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु एक करोड उपलब्ध गराउने भएको छ ।
नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो । कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ ।
कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै आएको छ ।
महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवद्र्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् । यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


