म्यानमारकी नेतृ सुकीलाई जेल सजाय

म्यानमारकी नेतृ सुकीलाई जेल सजाय

मेट्रो संवाददाता

२२ मंसिर २०७८ ७:००

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

नोबेल पुरस्कार विजेता ७६ बर्षिय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । म्यानमारकी पूर्व नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको भोलिपल्ट विदेशमन्त्री वुन्ना मौङ विन मंगलबार कम्बोडियाको भ्रमणमा रहेका हुन्।

विदेशमन्त्री विनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग राजधानी फनोम पेनाहस्थित पिस प्यालेसमा भेटवार्ता गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। दुवै नेताबीच दुई पक्षीय सम्बन्धमा र आसियानको मुद्दाबारे छलफल भएको बताइएको छ।

गत महिना आयोजित दक्षिण-पूर्वी एसियाली मुलुकको संगठन आसियानको शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुले भाग लिएका थिए। सैन्य ‘कू’ लागू गरेपछि आसियानका सदस्यहरु म्यानमारसँग रुष्ट बनेका थिए। म्यानमारलाई निम्तो नदिइएको सो सम्मेलनमा कम्बोडियाले भने उपस्थिति जनाएको थियो।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता