मेट्रो संवाददाता
१६ माघ २०७८ १८:३०

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडाैंकाे लैनचाैरस्थित सहिद स्मारकमा फूलकाे माला अर्पण गरेर सहिदहरूप्रति सम्मान प्रकट गर्नुभएकाे छ ।
सहिद सप्ताहको अन्तिम दिन आइतबार सहिद स्तम्भमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कार्यपालिकाहरुसहित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । कोविड संक्रमणका कारण यस बर्ष तोकिएका सीमित व्यक्तिहरुका विच मात्र कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा सहिद भएको बताउनुभयो ।
‘सहिद र सहिद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छ । यी कार्यक्रमहरुले निरन्तरता पाउनेछन् ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ । यसले सहिदको सपना पूरा हुन्छ । सरकारले आगामी कार्यक्रमलाई यही बाटोमा लैजाने योजना बनाएको छ ।’
कार्यक्रममा महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक शाक्यले सहिदले देखाएको बाटोमा हिँडनु पर्ने बताउनुभयो ।
‘पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको हो । उहाँहरुलाई चाहिए जति सम्पत्तिका लागि शासकले प्रस्ताव गरेका थिए । तर, उहाँहरुले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’ शाक्यले बताउँदै ४ सहिदको पूर्ण कदको शालिक स्थापना गरेको, धर्मभक्त माथेमाको नाममा मानव सेवा आश्रम बनाउन लागिएको, सहिदका नाममा पार्क र सामाजिक सेवा स्थल निर्माण गर्न लगानी गरिएको उल्लेख गर्नुभयो ।
माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।
वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गरिँदै आएको छ । कोविड संक्रमणका कारण यो बर्ष यस अघिका कार्यक्रमहरु औपचारिक सभाका रुपमा आयोजना गरिएनन् ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ ।
राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो ।
त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।
यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।
माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा धेरै व्यक्तिहरु सहिद भएका छन् ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


