न्युराेडकाे प्राइम लाेकेसन महर्जन कम्प्लेक्समा न्यूरोड फुड कोर्ट

न्युराेडकाे प्राइम लाेकेसन महर्जन कम्प्लेक्समा न्यूरोड फुड कोर्ट

मेट्रो संवाददाता

१८ माघ २०७८ १९:३९

न्युराेड फुड काेर्टले आफ्नाे आउटलेट सञ्चालनमा ल्याएकाे छ । न्युराेडकाे महर्जन कम्प्लेक्सकाे पूर्व दक्षिण माेहडामा एनएफसी न्युराेड फुड काेर्ट नामक विशेष स्वाद भएकाे काजु, खुवा, लस्सी, पाउँबाट आउटलेट शुभारम्भ भएकाे छ।

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडककाे महर्जन कम्प्लेक्स न्यूरोडमा बिल्कुलै नयाँ स्वादको लस्सी, ताताे खुवा र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा अफ्रिकी मुलुक गिनीको काँचो काजुलाइ एन एफ सी फुटकोर्ड नेपाली प्रविधिबार प्रोशोधन गरि उपभोक्ता माझ ल्याएको छ ।

फुड कोर्टका प्रोप्राइटर कुन्जन आचार्यले मेट्राे खबरसँगकाे कुराकानीमा गिनिबात ल्याइएका काँचो काजुलाई नौ तहको प्रशोधन प्रक्रिया पुरा गरिसकेपछि मात्र उपभाेक्ता समक्ष पुराउँने बताउनुभयाे।

‘हामी गिनीबाट काँचो काजु ल्याएर यहाँ प्रशोधन गर्छौं । काठमाडौंमात्र होइन, नेपालभरी धेरै ठाउँमा किन्न पाइएला तर यहाँको काजु खाएपछि तपाईँलाई यसको विशेषता थाहा हुन्छ’ आचार्यले भन्नुभयाे ।

नेपालमा नै काजु प्रशाेधित हुने सम्भवत याे पहिलाे हुनुपर्छ भन्नुहुँदे उहाँले खुवा भने हेटौैंडाबाट ल्याइने बताउनुभयाे ।

ग्राहकलाई नयाँ स्वाद दिन भन्दै भक्तपुरको जगातीबाट ल्याइने स्पेशल पाउँ पनि यस फुड कोर्टमा राखिएको छ । यसैगरी विभिन्न फ्लेवरको आइसक्रीमका विभिन्न प्रकारबाट ग्राहकको मनजित्नेमा आचार्य विस्वस्त हुनुहुन्छ ।

पसलमा पाउने वस्तुकाे बारेमा उहाँले भन्नुभयाे नयाँ केहि छैन, मात्र स्वाद भिन्न छ । खुवामा जिरो मिसावट, ९ पटक प्रशोधित फाइन काजु, क्रिमबेल आइसक्रिम, लप्सि क्यान्डि, अमला कयान्डि, लस्सी भिन्न स्वादमा पस्केकाे उहाँले बताउनुभयाे ।

अलि फिल्मि शैलीमा उहाँले भन्नुभयो, ‘कुनै पनि व्यापारमा महत्वपूर्ण कुरा भनेको तीनवटा हुन्छन्, लोकेशन, लोकेशन र लोकेशन । यो लोकेशन भनेको देशको राजधानी काठमाडौं, राजधानी काठमाडौंको मुटु न्युरोड र न्युरोडको मुटु जुद्ध शालिक हो ।’

विदेशमा चलेका नामचिन सहरहरूकाे अनुभव सुनाउँदै आचार्यले भन्नुभयो, ‘काठमाडौंको यो न्युरोड क्षेत्रमा पनि विदेशमा जस्तै भेहिकल फ्रि हुनुपर्ने ठाउँ हो । सबै नेपालीले गर्व गर्ने ठाउँमा खाली हिँडडुल गर्ने मात्र हुनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार हो ।’

महर्जन कम्प्लेक्सको बेसमेन्टको सम्पूर्ण भागमा फुडकोर्टको इन्टेरियरको काम भइरहेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘न्युरोड भन्ने ठाउँमा मासदेखि क्लाससम्मले किनमेल गर्ने ठाउँमा सहि वस्तु बेचियो भने दिगो रुपमा व्यापार गर्न सकिनेमा विस्वस्त छु ।’

मानिस जन्मेदेखि मृत्युसम्मको सरसामान खरिद गर्न न्युरोड आउँने गर्छन् । बजारसँगै सहर पनि विस्तार भएर विभिन्न ठाउँमा बजारिकरण भएपनि न्युरोडको चार्म अझैपनि उस्तै छ ।
ब्रान्डिङको कुरामा स्वादले नै ब्रान्ड बनाउनेछ भन्नेमा ढुक्क भएको बताउनुहुँदै उहाँले कालान्तरमा यो ठाउँको नाम पनि एनएफसी बाट प्रचार हुने बताउनुभयो ।

प्रचार प्रसारको कुरामा म्यान टु म्यान प्रचार होस भन्ने चाहाना भएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘एकपटक टेस्ट गर्नुस्, मिठो वा राम्रो लागेमा अरुलाई पनि भन्नुहोला ।’

फुडकोर्टको भविष्य कस्तो छ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘मेरो पसलको भविष्य निर्धारण सबैभन्दा पहिला लोकेशनले नै गर्छ । जुन प्राइम ठाउँमा पाएको छु । लोकेशनले गर्दा मेरो ५० प्रतिशत बोझ कम भाको छ । लोकेशनको बोझबाट मुक्त भएपछि अब म ढुक्कले व्यापारमा फोकस हुन पाएको छु ।’

महर्जन कम्प्लेक्सको बेसमेन्टको सम्पूर्ण भागमा फुडकोर्टको इन्टेरियरको काम भइरहेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘न्युरोड भन्ने ठाउँमा मासदेखि क्लाससम्मले किनमेल गर्ने ठाउँमा सहि वस्तु बेचियो भने दिगो रुपमा व्यापार गर्न सकिनेमा विस्वस्त छु ।’

‘वाकिङ स्ट्रिटमा सपिङ र सपिङपछिको थकान र भोक मेटाउन यो फुडकोर्ट उपयुक्त हुनेछ । फुड कल्चरमा नेवाः समुदाय एकदम धनी छ । सोही नेवार समुदायको विभिन्न खानपानको स्वादसमेत यो फुडकोर्टमा निकट भविष्यमा यहाँहरुले पाउन सक्नुहुनेछ ।’

लण्डनमा १० वर्ष र अबुधाबीमा ३ वर्ष बसेर खानेकुराकै क्षेत्रमा विशेषज्ञता हासिल गरेका आचार्यले नेपालमा रविन्द्र नकर्मी र भिमकुमार श्रेष्ठसँग मिलेर काठमाडौँको प्राइम लोकेसन महर्जन कम्प्लेक्सबाट आफ्नो व्यवसायको शुरुवात गरेका हुन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता