मेट्रो संवाददाता
१७ फागुन २०७८ २०:५९

काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहितको सहभागितामा उक्त शोध ग्रन्ध सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो । सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवासँग ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो ।
कामपाले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरेको हो । अनुसन्धानको पहिलो चरणमा अध्ययन गरिएका विषयमा ‘कामपा क्षेत्रभित्र रहेका विद्यालयमा रोगसम्बन्धी जोखिम र स्वस्थ जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव ः काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार नक्साङ्कनसम्बन्धी अध्ययन, काठमाडौँ उपत्यकाभित्रको वायु गुणस्तर र वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन र काठमाडौँका सामुदायिक विद्यालयका शिक्षिकाको अवस्था छन् ।
त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बन स्टक सम्भाव्यता वृक्षरोपणसम्बन्धी अध्ययन, कामपाका ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानुन, नीति र प्रमाणसम्बन्धी अध्ययन, कामपाको नवीन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकतासम्बन्धी अध्ययन, कामपा क्षेत्रभित्र नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी विषय छन् । कामपा सहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान समेटिएको छ ।
प्रतिवेदनले आगामी निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न सहज हुने भन्दै कामपाका प्रमुख शाक्यले स्थानीय परिवेश बुझ्न अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यावहारिक कार्यक्रमको पनि अपेक्षा गरिएको बताउनुभयो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


