नेपालभाषा अध्यापनको लागि आरआर क्याम्पसलाई महानगरको १५ लाख सहयोग

नेपालभाषा अध्यापनको लागि आरआर क्याम्पसलाई महानगरको १५ लाख सहयोग

मेट्रो संवाददाता

१८ फागुन २०७८ २१:००

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ ।

बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

गएको कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्रमा माग र आवश्यकताका आधारमा महानगरले लगानी गरेको छ । सम्झौता र चेक हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘हामी सरकार हौँ । शिक्षाको प्रवर्धनका लागि जिम्मेवारी लिन्छौँ । हामीसँग नेपाल भाषा अध्ययन गर्न छात्रवृत्तिका लागि माग भएको थियो । त्यो माग सुनेपछि हामीले सरकारकै शैक्षिक संरचनालाई सहयोग गरेर धेरै विद्यार्थीलाई लाभ पुग्ने गरी सहयोग गर्ने निर्णय ग¥यौँ । आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेर गयो । यसलाई माथिल्लो तहसम्म पु¥याउन हामीले पैसा दिएका छौँ । यसलाई नियमित र दिगो बनाउने जिम्मा क्याम्पसको हो ।’

स्थानीय भाषा जोगाउन स्थानीय सरकारको दायित्व पूरा गर्दै हामीले रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पढाउन सहयोग गरेका हौँ । सम्झौता अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म नेपाल भाषा अध्ययन अध्यापन गर्न महानगरको सहयोग रहेको बताउनुभयो । यसबाट स्थानीय चाडवाड, जात्रा पर्व, संस्कार, संस्कृति बुझ्न सहज हुने उहाँको विश्वाश थियो ।


स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले सहयोग गरेको थियो । पछि विद्यार्थीहरु नभएपछि कार्यक्रम रोकिएको थियो । गएको ३ बर्ष अघि २५ जना विद्यार्थीले अध्ययन गर्न पाउन संयुक्त निवेदन दिएका थिए । क्याम्पसमा नेपाल भाषा अध्यापनको अवस्थाका विषयमा जानकारी गराउँदै क्याम्पस प्रमुख ज्ञवालीले भन्नुभयो, ‘विद्यार्थी आए तर कक्षा सञ्चालन गर्न पूर्वाधार भएन । त्यसपछि रोकिएको कक्षा चलाउन स्थानीय सरकारको जिम्मेवारी ठानेर महानगरसँग प्रस्ताव राख्यौँ । हाम्रो प्रस्तावमा महानगर सकारात्मक भएपछि रोकिएका कक्षा पुनः सञ्चालन हुन सकेका हुन् ।’ उहाँकाअनुसार अहिले स्नातकोत्तर तहमा २२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

महानगरले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, २ जना शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ ।

यो सम्झौता ५ बर्षका लागि हो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता