मेट्रो संवाददाता
१९ फागुन २०७८ १४:२९

काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पाकिन्तानी एम्बेसी ग्राउण्डमा बुधबार टि-२० क्रिकेट खेलकाे उद्घाटन गर्नुभएकाे छ । नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ संस्करणको खेल हो ।
सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश-देशका बीचको सम्बन्ध मजबुत हुने बताउँदै मेयर शाक्यले युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयाे ।

मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले लगानी गरिरहेका बताउनुहुँदै महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको बताउनुभयाे ।
मेयर शाक्यले भन्नुभयो, ‘नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो ।’
नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताउनुभयो ।
‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ ’ राजदूत शाहले भन्नुभयाे ।
प्रतिस्पर्धामा १२ टीम छन् । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइनेछन् । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल फागुन २६ गते सम्पन्न हुनेछ ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


