
मेट्रो संवाददाता
१९ फागुन २०७८ १४:२९

काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पाकिन्तानी एम्बेसी ग्राउण्डमा बुधबार टि-२० क्रिकेट खेलकाे उद्घाटन गर्नुभएकाे छ । नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ संस्करणको खेल हो ।
सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश-देशका बीचको सम्बन्ध मजबुत हुने बताउँदै मेयर शाक्यले युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयाे ।

मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले लगानी गरिरहेका बताउनुहुँदै महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको बताउनुभयाे ।
मेयर शाक्यले भन्नुभयो, ‘नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो ।’
नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताउनुभयो ।
‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ ’ राजदूत शाहले भन्नुभयाे ।
प्रतिस्पर्धामा १२ टीम छन् । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइनेछन् । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल फागुन २६ गते सम्पन्न हुनेछ ।

RECOMENDED News
१८ वडामा ७ दिने सीपमूलक तालिम सुरू
काठमाडाैं : “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिका वडा नं १८ को सहकार्यमा श्रृंगार तथा...
२९ माघ २०८१ १३:४७ |मेट्रो संवाददाता
१८ वडामा ७ दिने सीपमूलक तालिम सुरू
काठमाडाैं : “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिका वडा नं १८ को सहकार्यमा श्रृंगार तथा...
२९ माघ २०८१ १३:४७ |मेट्रो संवाददाता
नेपाल संवत्का विरोधीहरू अझै सक्रिय
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय...
२१ कार्तिक २०८१ १०:०९ |केके मानन्धर
अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न
वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...