मेट्रो संवाददाता
२१ फागुन २०७८ १:३३

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफले शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौँ महानगर र थाइल्याण्डको बैंकक महानगरविच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा भेटघाट भएको हो । काठमाडौँ महानगर र बैंकक महानगरविच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल सरकारबाट २०७२ भदौ ६ गते स्वीकृति प्राप्त भइसकेको छ ।
त्यस अवसरमा बोल्दै मेयर शाक्यले, सहरी व्यवस्थापनमा नविनतम अभ्यास, सेवा र विकास व्यवस्थापन, प्रकोप व्यवस्थापन, वातावरणीय सुधार, संस्कृति, कलालगायत क्षेत्रमा आपसी सिकाइ आदान प्रदान गर्न आपसी सम्बन्ध लाभदायक हुने बताउनुभयो ।
‘सहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय संवाद र क्षमता विकासका कार्यक्रम, समुदायको शशक्तिकरण तथा शुशासनको माध्यमबाट भूगोल, जाति र बिचारमा टाढा भएका जनताविच सामाजिक सद्भाव, आपसी सम्मान र बिश्वाश बढ्नेछ ।’ मेयर शाक्यले भगिनी सम्बन्धबाट अपेक्षित उपलब्धीका विषयमा धारणा राख्नुभयो ।
त्यस क्रममा राजदूत भोरासाफले, थाइल्याण्ड महानगर काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध राख्न तयार रहेको बताउनुभयो । ‘ आपसी ज्ञान र सीप अभिवृद्धिका लागि भगिनी सम्बन्ध स्थापना आवश्यक छ । यसबाट दुई महानगरले आफूहरुलाई नजिकबाट चिन्ने अवसर प्राप्त हुनेछ ।’ राजदूत भोरासाफको भनाइ थियो ।
भेटका क्रममा महानगरका प्रमुख प्रकाशकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रशासन विभागका प्रमुख महेश काफ्ले, दूताबासबाट मामिला उपप्रमुख युटुमपोन एम्पाइभिटसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईकाअनुसार अहिलेसम्म काठमाडौँ महानगरले अन्तरराष्ट्रिय १८ वटा र देशभित्रका ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।
भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरहरुमा चीनका सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
देशभित्रका नगरहरुमा धनकुटाको पाख्रीबास, नवलपरासी वर्दाघाट सुस्ता पश्चिमको रामग्राम, सिन्धुपलाञ्चोकको मेलम्ची, जुम्लाको चन्दननाथ र डडेल्धुराको अमरगढी नगरसँग भगिनी सम्बन्ध छ ।
महानगर स्थानीय सरकार र स्थानीय शासनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने ८ वटा संघ संस्थाको सदस्यता लिएको छ ।
यसरी सदस्यता लिएका संगठनहरुमा कोरियाको सोलमा रहेको ‘मानव बन्दोबस्त व्यवस्थापनको लागि स्थानीय सरकारको क्षेत्रीय सञ्जाल, (सिटीनेट), क्यानडाको मन्टेरलमा रहेको ‘विश्व सम्पदा सहरहरुको संगठन, (ओडब्लुएचसी, अर्गनाइजेसन अफ बल्र्ड हेरिटेज सिटिज), स्पेनको बार्सिलोनामा रहेको ‘संयुक्त सहरहरु र स्थानीय सरकारहरुको संगठन, (यूसीएलजी, युनाइटेड सिटिज बलम लोकन गभर्मेन्ट), र मुख्य महानगरहरुको विश्व संस्था, (डब्लुएएमएम, वल्र्ड एशोसिएसन अफ द मेजर मेट्रोपोलिस) लगायत छन् । त्यस्तै क्यानडाको टोरन्टोमा भएको ‘स्थानीय वातावरणको दिगो व्यवस्थापनका लागि अन्र्तराष्ट्रिय परिषद, (आइसीएलई, लोकल गभर्मेन्टस फर सन्टेनेविलिटी), जापानको टोकियोमा भएको ‘ऐतिहासिक सहरहरुको संघ, (एलएचसी, लिग अफ हिस्टोरिकल सिटिज), संयुक्त राज्य अमेरिकोको हवइमा रहेको ‘विशाल सहरहरुको दिगो भुकम्पीय जोखिम व्यवस्थापन संस्था’, र चीनको बेइजिङ्मा रहेको ‘विश्व पर्यटन सहरहरुको महासंघ’ (डब्लुटीसीएफ, वल्र्डस टुरिजम सिटिज फेडेरेसन) को काठमाडौं महानगर सदस्य नगर हो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


